|

बैतडी : राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) का साधारणसभा रोक्न दिएको निर्देशनको बैतडी जिल्ला क्रिकेट संघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ।

आगामी असोज ३ र ४ गते काठमाडौंमा हुन लागेको साधारणसभा राखेपका सदस्य सचिव रमेश सिलवालले रोक्न खोजेको भन्दै ध्यानकर्षण भएको जनाएको छ।
 जिल्ला, प्रदेशको निर्वाचन विधानअनुसारनै सम्मपन्न गरी केन्द्रीय साधारणसभा मार्फत क्यानले नयाँ नेतृत्व पाउन लागेका बेला राखेपको हस्तक्षेत्र गलत रहेको क्रिकेट संघ बैतडीले जनाएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी),राखेप, क्यानको प्रतिनिधि रहेको स्वतन्त्र समितिले बिधान बमोजिम साधारण सभाको मिति ताकेको बैतडी जिल्ला क्रिकेट संघका सचिव शेर सिंह खत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ। 

राखेप स्वीकृत बिधानबमोजिम हुन गइरहेको साधारणसभालाई बिधान बमोजिम नभएको भन्नु सरासर हस्तक्षेपकारी कदम भएको विज्ञप्तिमार्फत भनिएको छ। उक्त साधारणसभाको मिति तोक्दा समग्र जगतबाट स्वागत भएको र क्यान फुकुवा भइ क्रिकेटको संस्थागत विकास र स्थायित्व हुने भएकोले हस्तक्षेपकारी कदमको घोर भत्र्सना गरिएको छ।  

यदि उक्त साधारणसभामार्फत नयाँ नेतृत्व चयन हुन नसके फेरि नेपालको क्रिकेटको अस्तित्व संकटमा पर्ने भन्दै सदस्य सचिवको उक्त कदमको विरोध गरिएको छ।

राखेपले परिषद्को सहमति नलिई निर्वाचन गर्न सक्नु हुन्न, निर्वाचन समिति राखपेको हुनुपर्छ र निर्वाचनका लागि २१ दिने सूचना चाहिन्छ भनेपछि निर्वाचन अन्योलमा परेको छ। तर निर्वाचन समिति परिषद्को हुनेमा ठाडै अस्वीकार गर्दै त्यो विधानविपरीत हुने बताइएको छ।

विधानमा ७ दिने सूचना निकालेर साधारणसभा गर्न सकिने स्पष्ट रहेको छ। यता यसअधि निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने  निर्वाचन रोकिन नहुने बताए।

 निर्वाचन अन्यौलमा पारेर राजनितिक हस्तक्षेप हुनु भनेको क्रिकेटलाई फेरि निलम्बनमै राख्नु भएकोले निर्वाचन प्रक्रिया अगाडि बढ्नुपर्ने उनको जोड रहेको छ। 
 क्रिकेटमा सरकारी हस्तक्षेप भएको भन्दै यसअघि आइसिसीले २०७३ साल वैशाखदेखि क्यानलाई निलम्बन गरेको छ ।

क्रिकेट संघको निर्वाचन भएपछि क्रिकेटको निलम्बन हुने विश्वास गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.