यो व्यवस्था आफ्नै कारणले ढल्छ

|

राजनीतिक नेता तथा विचारकहरूले दलकै व्यवहारका कारण गणतन्त्र गुम्मे खतरा भएको बताएका छन्। बिपी कोइरालाको १०६औँ जन्मजयन्तीका अवसरमा गान्धी अध्ययन तथा शान्ति केन्द्र, समता अध्ययन केन्द्रले आयोजना गरेको ‘लोकतन्त्रको चुनौती’ विषयको विचार गोष्ठीका वक्ताले  

उनीहरूले राजनीतिक नेताहरुमा नैतिक मूल्यमान्यता खडेरीमा परेको र सोच पुरानो नै भएकाले जनताले चाहेको आमूल परिवर्तन हुन नसकेकाले बताएका हुन् । 
    
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले राजनीतिक दलको अकर्मन्यताका कारण प्रजातन्त्र गुम्ने खतरा रहेको बताए। उनले गणतन्त्र जोगाउन नेपाली काङ्ग्रेस र नेकपाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए। 

भुसाालले देशको आर्थिक वृद्धि यो गतिले हासिल हुन नसक्ने भन्दै समाजवादबाट मात्रै नेपालको समृद्धि सम्भव रहेको उल्लेख गरे। 

संविधानको मूलभूत मुद्दा सङ्घीयता, धर्म निरपेक्षता, समानता, समाजवादमाथि प्रहार भइरहेको भन्दै भुसालले जनताको आकाङ्क्षाअनुसारको उपलब्धि हासिल गर्न नसक्दा सङ्घीयता गुम्ने खतरा औँल्याए। 


गान्धी अध्ययन शान्ति केन्द्रका संस्थापक उपाध्यक्ष प्रदीप गिरीले जनयुद्ध, ओखलढुङ्गा, झापा काण्ड हुँदै नेपालको राजनीति यहाँ आइपुगेको बताए। 
नेपालको संविधानमा भएको प्रावधानप्रति देशमा गहिरो असन्तोष रहेको बताउँदै उनले संविधानका सबै अंशीयार तथा लोकतन्त्रका संस्थाको न्यूनतम् सहमतिविना संविधान घोषणा भएकाले लोकतन्त्र खतरामा रहेको धारणा राखे।

वरिष्ठ राजनीतिज्ञ डा कञ्चन झा, केन्द्रका अध्यक्ष दीपकुमार उपाध्याय, महासचिव शेखर गिरी तथा पूर्व राजदूत लोकराज बराल, डा उद्धव प्याकुरेललले अहिलेको सरकारले देश चलाएको तरिकाले जनतामा असन्तुष्टि बढेको बताए । उनीहरूले धेरैजसो व्यवस्था आफ्नै कारणले ढलेको बताउँदै यो व्यवस्था पनि आफ्नै कारणले ढल्ने दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.