|

अछाम : यहाँको रामारोशन गाउँपालिका अध्यक्ष झन्कर साउदमाथि गोली प्रहार प्रयास भएको छ । साउदमाथि उनको डेरामै अपरिचित व्यक्तिले पेस्तोलबाट गोली हान्ने क्रममा प्रहरीले प्रतिकार गरेर जोगाएको छ। 

अध्यक्षमाथि गोली हान्ने क्रममा प्रहरीले प्रतिकार गरेर समात्न खोज्दा ती व्यक्ति भागेका छन्। प्रहरीले तत्कालै हस्तक्षेप गरेपछि अध्यक्षमाथि हानिएको गोली लाग्न पाएन। 

गाउँपालिकाको कार्यालय रहेको ३ नम्बर वडा कार्यालयसँगै अध्यक्ष साउदको डेरा छ । प्रहरीले समात्ने प्रयास गर्दा गर्दै गोली हान्ने व्यक्ति फरार भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। 

अध्यक्षमाथि पेस्तोल ताकिसकेको अवस्थामा प्रहरीले अवरोध गर्दा गोली भुइँ तलामा खसेको अछामका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए। 

शाहीका अनुसार गोली हान्ने व्यक्ति प्रहरीले पक्राउ गर्न पछ्याएपछि स्थानीय कैलाशखोलामा हामफालेर भागेका छन्। पछिल्लो समय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जनप्रतिनिधि र स्थानीय सकारका कार्यालयमाथि निशाना बनाउने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.