|

रुकुम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा  यातायात व्यवस्था सेवा कार्यालय स्थापना भएको छ।

पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले रुकुम पश्चिमको चौरजहारीमा उक्त कार्यालय स्थापना गरेको हो। चौरजहारी नगरपालिका ३ विजयश्वरीमा चौरजहारी नगर प्रमुख विशाल शर्माले एक कार्यक्रमका विच कार्यालयको उदघाटन गरे। 

यातायात सेवा कार्यालयका प्रमुख प्रदिप रेग्मीको उपस्थितिमा स्थापना भएको कार्यालय वाट सवारी साधन अनुमति पत्र वितरण गरिने वताइको छ।

कार्यालयको उदघाटन गर्दै नगर प्रमुख विशाल शर्माले यातायात सम्वन्धिका सैद्धान्तिक एवम व्यवहारिक काम अव चौरजहारीबाट संचालन हुने भएपछि रुकुम सल्यान जाजरकोट लगाएतका सेवाग्राहीलाई सहज हुने वताए। 

वर्षाैदेखि यस क्षेत्रका सेवाग्राहीले यातायातसम्वन्धी काम गर्न दाङ, नेपालगञ्ज जानुपर्ने वाध्यतालाई मध्यनजर गरी चौरजहारीमा यातायात कार्यालय स्थापनाको लागl पहल गरेको जानकारी दिए।

प्रमुख शर्माले चौरजहारीमा यातायात सेवा कार्यालय स्थापना भए सँगै यस क्षेत्रका सेवाग्राहीले सहज रुपमा सेवा लिने विश्वास व्यक्त गरे। 

चौरजहारीमा यातायात सेवा कार्यालय स्थापना भए सँगै साना तथा ठूला सवारी साधनको लिखित एवं ट्रायल परिक्षा विल वुक नविकरण सवारी साधनको नाम सारी लगायतका सेवा प्रदान गरिने वताइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.