|

बैतडी : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा सोमबार राति भूकम्पको धक्का महसुस गरिएको छ।  

राति ८ बजेर १८ मिनेटमा नेपाल-भारत सीमा क्षेत्र सुवा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकारी दिए। 

भूकम्पको धक्का बैतडी, दार्चुला,बझाङ, डडेल्धुरा लगायतका जिल्लामा महसुस गरिएको छ। भूकम्पबाट कुनै क्षतिकाे जानकारी नआएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.