अरूण नदीमा खसेको जिप खोजीमा समस्या

|
जिप दुर्घटनामा परेको अक्करको भिरक्षेत्र

संखुवासभा : सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको एउटा जीप गएराति अक्करको भिरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्। 

जिल्लाको धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट को १ ज ३७४९ नम्बरको बोलेर उक्त जीप राति साढे १० बजेको समयमा सीधै अरुण नदीमा खसेर बेपत्ता भएको हो। 

चालक सन्तोष विकले हाँकिरहेको उक्त जीप अरुणमा खसेपछि खाँदबारीबाट तत्कालै प्रहरीको टोली परिचालित भएको थियो। तर केही दिनदेखिको वर्षात्ले उर्लिएको अरुणमा जीप पुरै डुबेकाले उद्धारमा समस्या भएको डिएसपी मिम लामाले जानकारी दिए। 

अहिलेसम्म चालकको मात्रै नाम खुलेको छ । बिरामी र अन्य यात्रुको पहिचान हुन नसकेको डिएसपी लामाले जानकारी दिए । लामाका अनुसार कच्चीबाट छिचोल्दै घटनास्थलमा पुग्नुपर्ने हुन्छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.