|

रुकुम : रुकुम पश्चिम बाँफीकोट गाउँपालिका-१ र वडा नम्बर २ को बीचमा रहेको पुमा खोलामा पुल नहुँदा यातायात सेवा सञ्चालन गर्न समस्या भएको छ। लगातारको अविरल वर्षाको कारण खोलामा पानीको मात्र बढ्दा यातायातका साधनले जोखिपूर्ण तरिकाले खोला वारपार गर्ने गरेका छन्।

वर्षाका खोलामा रहेको कल्भटभन्दा माथिबाट पानी बग्न थालेदेखि पैदल यात्रा गर्ने यात्रु तथा सवारीसाधन आवतजावत गर्न समस्या भएको हो। कल्भटभन्दा माथिबाट बग्ने पानीले गाडी बगाउने भएको हाल आफूहरूले गाडी नचलाएको गाडी चालक सुनिल विकले बताए। उनका अनुसार साताअघि उक्त खोलाले उनको गाडी नै बगाएको थियो। खोलाले बगाएपछि प्रहरीको सहयोगमा उनी र गाडीलाई उद्धार गरिएको थियो।

उक्त खोलामा पुल नहुँदा वर्षेनी यसरी नै यातायात सेवा बन्द हुने गर्छन्। हिउँदको समयमा खोलामा पानी सानो बग्ने भएकाले यातायात सेवा सञ्चालनमा कुनै समस्या नपर्ने भएपनि वर्षातमा मुस्किल पर्ने गरेको छ।

पुमा खोलामा पुल नहुँदा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका-१, रुकुम पूर्वसिस्ने गाउँपालिका-३ र वडा नम्बर ४ का स्थानीयलाई विभिन्न कामको लागि रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगा लगायतका विभिन्न ठाउँसम्म आवतजावत गर्न समस्या हुने गरेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.