|

उदयपुर : उदयपुरमा संविधान दिवश भव्य रुपमा मनाइएको छ। तीन दिने कार्यक्रमको आयोजना गरी संविधान दिवश मनाइएको हो।

संविधान दिवसको पूर्वसन्ध्यामा बिहीबार आयोजित रिले दौड प्रतियोगिता आयोजना गरिएको थियो। ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घर–घरमा दिपावली गरौँ र राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने मुल नाराकोसाथ संविधान दिवस समारोह समिति उदयपुरका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख खड्गबहादुर दर्नालले जानकारी दिए। उनका अनुसार त्यसैगरी संबिधान दिवसकै पुर्वसन्ध्यामा बिहीबार कर्मचारी मिलन केन्द्रले हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको थियो।

बिद्यालयका बालबालिकालाई सहभागि गराईने प्रतियोगितालाई परिमार्जन गर्दै जनप्रतिनिधि, कर्मचारी, पत्रकार, व्यापारी, सामाजिक अभियन्ता गरी ११ वटा समूहले  सहभागिता जनाएका छन्।

आज असोज ३ गते गाईघाट बजारको लोकतान्त्रिकचौकमा कपडा बैंकको स्थापना, प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। व्यक्तीका घर घरमा सरसफाइ गरी दिपावली गर्ने, गाईघाटको मुख्य चोकमा नेपाली भरउत्तोलन गरिएको छ। असोज ४ गते जिल्ला समन्वय समितिको परिसरमा विभिन्न प्रजातिका फलफूलका विरुवा रोप्ने र नेपाल रेडक्रससँग समन्वय गरी खुल्ला रक्तदान कार्यक्रम आयोजना गरी साँझमा दिपावली गर्ने गरी मनाइँदै छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.