|

क्यानडाको टोरेन्टो शहर। जहाँ एउटा चर्चमा भाडमा लिएको एउटा  कोठा। हसीना लुकम्यान नाम गरेकी एक युवतीको नजरले शेयर बजारको सूचकांकलाई नियालिरहेको हुन्छ।

उनी भोल्युमको बारेमा सोध्छिन् र फेरि बजार पूंँजीकरणको बारेमा विस्तारमा बताउँछिन्। त्यहाँ रहेका विद्यार्थीहरू उनलाई ध्यान दिएर सुुन्छन्। यो कुनै नाइट स्कुल या कलेजको क्लास होइन। लुकम्यान एउटी प्रोजेक्ट म्यानेजर हुन् जसले क्याम्प मिलिनेयरको गठन गरेर वित्तीय शिक्षाबारे पढाउन थालिन्। 

एकपटकको समर क्याम्पमा उनले १० देखि १४ वर्ष उमेरका दर्जन बढी विद्यार्थीलाई पढाइन्। उनी बालबालिकासँग डिज्नी कम्पनीको अवस्था,  उसको बजार मूल्यमा आएको गिरावटको कुरा गर्छिन्। 
उनको क्याम्पमा आउने बालबालिकाहरुको पृष्ठभूमि फरक फरक छ तर अधिकांश बालबालिका मध्यम र उच्चवर्गीय परिवारबाटै आएका हुन्छन्। एकहप्ते एउटा क्याम्पमा लुकम्यान २७५ क्यानेडेली डलर लिन्छिन्। 
उनका अनुसार बालबालिकाहरू त्यहाँ धनी बन्नकै लागि मात्र भने आउँदैनन्। उनीहरु सफल जिवनका लागि कडा मिहेनेत गर्न आवश्यक छ भन्ने सिक्छन्। अनि भविष्यमा युनिभर्सिटीमा पढ्ने पैसा कसरी जम्मा गर्ने र के गरे जीवनलाई सुखी, समृद्ध बनाउने भन्ने सिक्न उनीहरू त्यहाँ जान्छन्।

उद्यमीहरूको नयाँ पिढी
हामीमध्ये धेरैको बालापान विदाको समय खेलेर अनि घुमेर नै बितेको छ। पछिल्ला केही वर्षहरुमा विशेषगरी युरोपेली मुलुकहरुमा बिदाको समयमा बालबालिकालाई कसरी पैसा कमाउने, कसरी बचाउने र कसरी धनी बन्ने भन्ने विषयमा सिकाउने चलन बढेको छ।

उत्तर अमेरिकामा क्याम्प मिलेनियर जस्ता फाइनान्सियल क्याम्प नै खुलेका हुन्छन्। जहाँ बालबालिकालाई अन्तर्राष्ट्रिय कारोबार सिद्धान्तका बारेमा सिकाइन्छ। त्यस्ता क्याम्पहरुमा बालबालिका कारोवार गर्छन् । उनीहरु केही बस्तुहरु उत्पादन गर्छन्, बेच्छन् अनी असली पैसा कमाउँन सिक्छन्।

हङकङमा किड्स बिज एकेडेमीले गर्ने त्यस्ता होलीडे क्याम्पमा ८ देखि १४ वर्षका बालबालिकाहरु व्यापार गर्न सिक्छन्। कोलकाताको योँगप्योनोरमा किशोरहरुलाई वास्तवीक जिवनमा सफल उद्यमीहरुसँगै राखेर वित्तिय कुराहरु सिकाइन्छ । 
टोरेन्टोको क्याम्प मिलिनेयरमा बजेट, बचत र लगानी निर्णयका अलावा चिनसँगको व्यापार युद्धबाट क्यानडाका लगानीकर्ताहरुमाथि के असर परिरहेको भन्ने जस्ता जटिल वित्तिय अवधारणाहरुका बारेमा सिकाइन्छ। लुकम्यानका अनुसार साना उमेरका बालबालिकाहरु शेयर बजारको चुनौति सजिलोसँग बुझ्न सक्छन् ।
समृद्ध, सुखी जीवनका लागि कडा मिहिनेत 
क्याम्प मिलेनियरको पाठ्यक्रमले बढ्दो उमेरका बालबालिकालाई वित्तीय साक्षरताका लागि प्रोत्साहित गर्छ। परोपकार र सामाजिक जिम्मेवारी निर्वाह गर्नका लागि पैसा कसरी खर्च गर्ने भन्नेबारेमा पति सिकाउँछ।
निःशन्देह क्याम्पमा सम्पत्ति आर्जन गर्ने बिषयमै बढी केन्द्रीत गरिन्छ तर लुकम्यानले उनीहरुलाई अन्य देशमा के भईरहेको छ? जलवायु परिवर्तनले उनीहरुको लगानीमा कसरी असर गर्नसक्छ भन्नेबारेमा पनि पढाउँछिन्। 
धितोपत्र बजारका चुनौतिका लागि लुकम्यान हरेक बच्चालाई १० हजार डलरको भर्चुअल रकम दिएर न्प्राक्टिकल्ली सिकाउछि। जसअनुसार पहिलो दिन बालबालीकाहरु शेयर बजारको आधारभूत र मुल कुरा, यसले कसरी काम गर्छ, करेन्सी, बजार खुल्ने र बन्द हुने समयका बारेमा सिक्छन्। त्यस  दिन उनीहरु सोच्दै नसोची एप्पल, डिज्नी जस्ता आफूले नाम सुनेका कम्पनीहरुमा लगानी गरिहाल्छन्। 
तर केही दिनपछि जब आत्मनिर्भर र अन्य सूचनाहरु थाहा पाईसकेका हुन्छन्, त्यसपछि उनीहरु सावधानीपूर्वक कम्पनी चयन गर्छन् र लगानी गर्छन्। पाँच दिनमा बालबालिका असली शेयर बजारमा लगानीका लागि आधारभूत रुपमा तयार भइसक्छन्।


सम्पत्तिको प्रबन्ध 
क्यानेडेली अर्थ विशेषज्ञ लिज फ्रेजीयर क्रेडिट कार्ड र पढाईको ऋण निक्कै धेरै रहेको र धेरैजसो वयस्कहरुसँग रिटायरमेन्टका लागि पर्याप्त बचत नै नहुने बताउँछन्। उनले “यिबोन्ड पिगी बैंक्स एन्ड लेमोनेड स्ट्यान्ड्सः हाउ टू टीच योंग किड्स अबाउट फाईनान्स” भन्ने पुस्तक नै लेखेकी छिन्। 


बालबालिकालाई आर्थिक सम्बन्धमा सिकाउनुअघि अभिभावकले केही सावधानी पनि अपनाउनुपर्ने हुन्छ। उनीहरुलाई पैसा एउटा साधन हो, यो राम्रो र नराम्रो हुँदैन र यो तटस्थ हुन्छ भनेर सिकाउन आवश्यक रहेको विश्लेषकहरु बताउँछन्। पैसा किन महत्वपूर्ण छ । हामी पैसा कसरी कमाउन सक्छौं र यसलाई कसरी धेरै बनाउन सक्छौं भनेर सिकाउन जरुरी छ।
त्यस्ता क्याम्पमा सहभागी बालबालीकाहरु क्याम्पमा रहनुन्जेल मात्र पैसाका बारेमा केन्द्रीत हुन्छन्। शेयरमा खेल्न, यूनिभर्सिटीका लागि पैसा कमाउन, एक दिन कार किन्न सक्षम हुने विचार उनीहरुलाई मन पर्छ तर उनीहरु बल र लोभका लागि धन जम्मा गर्ने आंकाक्षा भने राख्दैनन्। 
क्याम्प मिलेनियरका १६ बर्षिय सल्लाहाकार एब्टिन अब्बासपोर भन्छन् “जिवनमा केही पाउनका लागि सबैलाई पैसाको खाँचो पर्छ। बाबुआमाको सुरक्षित घेराभित्र रहंदैमा यो सबैकुरा बुझ्न जरुरी छ।”

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.