शुल्क फिर्ता गर्नुपर्ने अडान कायमै

|

चितवन : चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थी, कलेज प्रशासन र अभिभावकबीच जिल्ला प्रशासन कार्यलय चितवनमा वार्ता चलिरहेको छ। प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहबरमा वार्ता चलिरहेको हो।

शनिबार बिहान १० बजे सुरु भएको वार्ता ४ घण्टा बित्दा पनि टुंगिएको छैन। विद्यार्थीले अवैधरूपमा कलेजले लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने मागमा अडान लिएका छन्। उता कलेजका तर्फबाट फिर्त गर्न नसकिने बताएको स्रोतले जनाएको छ।

विद्यार्थी र कलेजका प्रतिनिधिले अडान नछड्दा वार्ता लम्बिँदै गइरहेको छ। शनिबार जसरी भए पनि समस्या एक तरिकाले समाधान गर्ने गरी वार्ता चलिरहेको छ। वार्तामा सिएमसीका प्रमुख प्राध्यापक डा. हरिसचन्द्र न्यौपाने र प्रकाश चन्दको नेतृत्वमा विद्यार्थी रहेका छन। पत्रकारलाई वार्तास्थलमा प्रवेस दिइएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.