|

उदयपुरः अहिले शरद ऋतु। असोज महिना लाग्दै छ। त्यही असोज महिनाको अन्तिमतिर पसाउने धानको हरियालीले अहिले उदयपुरको भित्री मधेसका खेतहरु हयारी बनेका छन्। शरद ऋतु झल्काउने मनमोहक हरियाली धानको दृश्यले जो कोहीको पनि मननै लोभ्याउँछ।

उदयपुरमा कुल धान उत्पादन हुने जग्गा १३ हजार ३ सय ८० हेक्टर छ। उदयपुरको भित्री मधेसमा पर्ने कटारी, त्रिवेणी, रिस्कु, गाईघाट, नेपालटार, हडिया, जोगिदह, वेल्टार, वसाहा, सुन्दरपुर, रामपुर ठोक्सिला लगायतका क्षेत्रमा अहिले धानको बाला पसाउन थालेको छ, भने  कतै मनमोहक हरियाली भएको छ।

उदयपुरमा वर्षे धान, भदैया, चैते धान गरी जम्मा १४ हजार सातसय ५६ हेक्टर जमिनमा ५८ हजार नौ सय ५८ मेट्रिकटन वार्षिक धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख सरोजराज अधिकारी बताउँछन। ‘अगौटे धान कतै कतै पाक्न लागिसकेको छ,’ उनले भने, ‘उदयपुरमा खेती गरिने धान प्राय मंसिर महिनामा पाकिसक्छ।’

निर्माणधीन चतरा, उदयपुर, कटारी, सिन्धुली हुँदै मकवानपुरको हेटौडा जोड्ने मदनभण्डारी राजमार्ग आसपास अहिले हरियाली धान देख्न पाइन्छ। ‘उदयपुरमा कृषि पर्यटनको विकास आधारमा धनेको धान खेतीलाई पनि बनाउन सकिन्छ,’ उदयपुरका स्थानीय पत्रकार भन्छन् ‘तर, कृषि पर्यटनको रुपमा विकास गर्ने कुनै पनि कार्यक्रम छैन।’

स्थानीय तह, प्रदेश र संघीय सरकारको  नजर कृषि पर्यटनमा पनि गए धेरै राम्रो हुने सरोकारवालाहरुको भनाइ छ। मनमोहक धानको हरियाली दृश्यलाई पर्यटनमा परिवर्तन गर्नु पर्ने त्रियुगा नगरपालिका स्थानीय किसान शिवबहादुर दनुवार बताउँछन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.