|

संखुवासभा : धर्मदेवी नगरपालिका–८ अक्करको भीर बाट अरुण नदीमा खसेर बेपत्ता ६ जनाको कुशको शव बनाएर दाहसस्कार गरेका छन्। 

६ दिनदेखि बेपत्ता भएका यात्रु फेला नपरेपछि आफन्तले कुशको शव बनाएर दाहसस्कार गरेका हुन्। सोमबार बेपत्ताका परिवारका आफन्तले खाँदबारी नगरपालिका–९ मा रहेको मनकामनास्थित अरुण किनारमा कुशको शव बनाएर दाहसंकार गरिएको संगम श्रेष्ठका छिमेकी समिर श्रेष्ठले बताए। 

अरुणमा बेपत्ता भएको छ दिनसम्म पत्ता नलागेपछि सोमबार गाडी दुर्घटनामा परेर बेपत्ता भएका परिवारका आफन्तले बेपत्ताको कुशको शव बनाएर दाहसंकार गरेर काजक्रिया गर्ने सल्लाह भएको उनले बताए । 

बेपत्ता हुनेमा खाँदबारी नगरपालिका–९ ढुङगेधारा घर भएका २४ बर्षीय संगम श्रेष्ठ उनकी श्रीमती २३ बर्षीय सदिक्षा राई श्रेष्ठको दुई महिनाका छोरा समिर श्रेष्ठ, २४ वर्षीय प्रमेश थापामगर, २९ वर्षीय खबरमान पिठाकोटी र खाँदबारी–९ घर भएका जीपका चालक २५ बर्षीय सन्तोष विश्वकर्मा छन्। 

प्रमेशका भिनाजु खबरमानको घर खोटाङ जिल्ला मात्तिम हो। उनी लामो समयदेखि खाँदबारी नगरपालिका–९ ढुङगेधारास्थित ससुरालीमा बस्दै आएका थिए । जिप दुर्घटनामा एकै परिवारका तीनजना बेपत्ता भएका छन्। 

जिल्ला अस्पताल खाँदबारीले मृगौलाका बिरामी प्रमेश र दुई महिनाका बालक समिर श्रेष्ठलाई उपचार हुन नसक्ने जनाउँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो। 

खाँदबारीबाट करिब बेलुकीको ८ः३० बजे को १ ज ३७४९ नम्बरको बोलेरो जीप लिएर धरान हिँडेका उनीहरुको अक्करको भीरको बिच बाटोमा राति साढे १० बजे दुर्घटना भएको थियो । 

जिप सडक भन्दा करिब ५० मिटर तल अरुणमा खसेर बेपत्ता भएको हो । बेपत्ताहरुको बुधबार स्थानीय र प्रहरीको सहयोगमा खोजी गरे पनि नभेटेपछि गोताखोर टोली बोलाइएको थियो ।

बिहीबार आएका गोताखोरको टोलीले पनि तीन दिनसम्म खोजी गर्दा नभेटेपछि फर्किएका छन्। त्यसपछि आफन्तले कुशको शव बनाएर दाहसंस्कार गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.