तेजाव आक्रमणपीडितलाई कलाकारको साथ

|

काठमाडौं : नौ कक्षामा अध्ययनरत १४ वर्षीया मुस्कान खातुनमाथि तेजाव प्रहार भपछि उपचारका क्रममा कृतिपुरस्थित अस्पतालमा छिन्।

तेजावले डढेर उनको अनुहार, हात र छातीमा गहिरो चोट लागेको छ। अनुहारको एउटा पाटो पुरै डढेको छ। भदौ २० गते आफ्नै घर नजिकै उनीमाथि दुई युवाले तेजाव हानेका थिए।

तेजाव आक्रमणबाट मानसिकरुपमा पनि टुटेकी उनै मुस्कानको अनुहारमा मुस्कान ल्याउन यतिबेला नेपालदेखि भारतसम्मका सेलिब्रिटी जुटेका छन् । चर्चित गायक राजु लामाले कृतिपुर अस्पतालमै पुगेर मुस्कानलाई भेटे। मुस्कानसँगको भेटमा उनले 'तिमीलाई देखेर हिमाल हाँसेको....गीत सुनाएर मुस्कानको अनुहारमा चमक ल्याउने कोशिश गरे। 

उनको मुस्कान फर्काउन र आत्मबल बढाउन राजु जस्तै देश-विदेशका कलाकारहरू सक्रिय छन्। मुस्कानलाई उत्प्रेरण दिन बलिउडका चर्चित स्टारहरु पनि जुटेका छन्। उनीहरुले मुस्कानलाई भिडियो कल गरेर हौसला बढाएका छन् भने छिट्टै भेट्ने सन्देश पनि पठाएका छन्। 

नेपाल र भारतका युवती र महिलाहरुले तेजावपीडित हुनुपरेको छ। दुवै देशमा तेजावबाट पीडित हुनेहरुको पीडा उस्तै छ। यस्ता आक्रमण रोक्न कलाकारसमेत एकमत हुने गरेका छन्।

नेपालकी चेली मुस्कानलाई हौसला बढाउँदै मानसिक रुपमा बलियो बनाउन बलिउड अभिनेता वरूण धवन पनि अघि सरेका छन्। उनले मुस्कानको शीघ्र स्वास्थ्यलाभको कामनासहित सन्देश पठाएका छन्। 'मलाई विश्वास छ। तिम्रो ओठको मुस्कान पुन: फर्किनेछ। आफ्नो पढाईलाई निरन्तरता दिनेछौं र हाम्रो भेट छिट्टै हुनेछ', उनले माइक्रो ब्लगिङ साइट ट्विटरमा भनेका छन्, 'मुस्कानसँग मुस्कानसहित मैले छिट्‍टै भेट्ने आशा गरेको छु।'

मुस्कानलाई तेजाव आक्रमण भएपछि यसको सूचना बलिउड अभिनेत्री कृति सेननले धवनलाई दिएकी थिइन्। सेननले आफ्ना सहयोगीमार्फत् मुस्कानलाई कृतिपुर अस्पतालमै भिडियो कल पनि गरिन्। भिडियो कल गरेर उनले मुस्कानको हौसला बढाउने प्रयास गरिन्। कृतिको यो प्रयासको जानकारी वरुण धवनले थाहा पाएपछि उनले पनि मुस्कानलाई सन्देश पठाए। सेनन र धवन मिल्ने साथी हुन्।

यसको एउटा रोचक संयोग पनि छ। मुस्कानका मन पर्ने कलाकारमध्ये पर्छन् कृति र वरुण धवन।  कृति सेननले भिडियो कलमार्फत मुस्कानसँग गफगाफ गरेकी छिन्। ट्विटरमा सेननले भनेकी छिन्, 'मुस्कानलाई छिट्टै निको होस्, म प्राथना गर्छु। तिमी निको भएपछि हाम्रो भेट हुनेछ।'

मंगलबार मात्रै नेपालका चर्चित गायक राजु लामा मुस्कानलाई भेट्न कृतिपुर अस्पताल पुगेका थिए। राजुले मुस्कानलाई भेटेर भलाकुसारी मात्रै गरेनन्, उनको स्वास्थ्य लाभको कामना गर्दै गीत पनि गाए। जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

महिलामाथि किन हुन्छ आक्रमण?

महिलामाथि किन हुँदैछ श्रृंखलाबद्ध तेजाव आक्रमण? पछिल्ला घटनाले नियतवश महिलामाथि आक्रमण गरौं भन्‍ने उद्देश्य राखिएको बताउँछिन् अधिवक्ता स्वीकृति बराल।

 

विभिन्‍न नाममा महिलामाथि हुने आक्रमण बेलैमा रोक्न नसक्दा कयौं महिला आक्रमणका शिकार हुन विवश छन्।  दाइजोको नाममा सिरिन्ज आक्रमण, यौन हिंसा र तेजाव आक्रमण नेपाली समाजका नियति भएका छन्।

भिडियो

'शारीरिक बनावटका हिसाबले पुरूषको भन्दा महिलाको केही फरक हुन्छ। त्यहीकारण आक्रमणकारीले महिलालाई निसानामा पार्छन,' अधिवक्ता बराल भन्छिन्, 'अपराध त महिलाले महिलामाथि पनि गर्छन्। महिलाको शारीरिक बनोट कारण तत्काल प्रतिकार गर्न नसक्ने मनोविज्ञानका तयार भइरहेको छ। जसले महिलाहरू आक्रमणमा पर्ने गरेका छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.