|

काठमाडौं :  सिटिजन बैंकका अध्यक्षमा राजनसिंह भण्डारी निर्वाचित भएका छन्। यसअघि सोही बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनेका भण्डारी शुक्रबार सम्‍पन्न १३ औँ शाधरणसभाबाट अध्यक्षमा निर्वाचित भएका हुन्। 

त्यस्तै उद्योगी प्रवलजंग पाण्डे, सजन शमा र सीता कार्कीलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरिएको छ। त्यसै गरी साधारणसभाले गत आर्थिक वर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशतले हुने रकम बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७५/७६ मा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने ६५ अर्ब ७ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधिभित्र १ अर्ब ४६ करोड खुद नाफा आर्जन गरेको छ।

बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था श्री सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको जनाएको छ । संघीयतालाई दह्रो र सहज बनाउन भूमिका निर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ इकाइबाट कारोबार गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.