उदयपुूरका टेम्पो चालकको आफ्नैं गुनासो

|

उदयपुर : दुई दिन अघि भेटिएका अटो रिक्सा चालक राजन श्रेष्ठले गुनासो गर्दै भने, हल्का स्पिड कुदाउँ खाल्डाखुल्डीमा दुर्घटना होला भन्ने डर, स्लो गर्दा स्टार्ट बन्द हुने डर?’

उदयपुरको सदरमुकाम गाईघाटमा भएको सडकका खाल्डा खुल्डीले अहिले दुई पाङग्रे र तीन पाङग्रे सवारीले सास्ती खेप्दै आएका छन। गाईघाटको मुख्य सडक मानिने मेनचोकदेखि त्रियुगा बसपार्क र आँखा आस्पतालदेखि हवाईफिल्डमा रहेको तरकारी बजारसम्मको सडक भरी खाल्डाखुल्डी छन्।

मेनचोकदेखि त्रियुगा बसपार्कसम्म एक किलोमिटर सडक कालोपत्रे सुरु भएको झण्डै दुई वर्ष वित्न लाग्दा पनि अझै पुरा हुन सकेको छैन। ठेकेदारले चरम लापरवाही गर्दा अहिले एक किलोमिटर सडकमा दैनिक सर्यौ सवारी साधानका चालकले सास्ती खेपी रहेका छन्।

यता आँखा अस्पतालदेखि पुरानोगाईघाट हुँदै हवाई फिल्डमा रहेको तरकारी बजारसम्मको सडक निर्माणाधिन मदनभण्डारी राजमार्गमा पर्छ। उक्त खण्डमा पनि मदनभण्डारी राजमार्ग पुर्वी खण्ड आयोजना कार्यालयले समयमै नबनाउँदा सवारी साधन चालकहरुले सास्ती खेपीरहेका छन।

मदनभण्डारी राजमार्गअन्तर्गत आँखा अस्पतालदेखि पुरानोगाईघाट हुँदै हवाई फिल्डमा रहेको तरकारी बजारसम्मको सडक निर्माण दशैँपछि सुरु गर्ने आयोजनाको कार्यालयले जानकारी दिएको छ। तर, चोकदेखि त्रियुगा बसपार्कसम्म एक किलोमिटर सडक कालोपत्रे सुरु भएको झण्डै दुई वर्ष वित्न लाग्दा पनि अझै काम सम्पन्न हुने कुनै छाँटकाँट छैन।

दुवै सडक बजार भित्रै पर्दछन। खाल्डाखुल्डी भएका  सडकको कारण पैदाल यात्रुदेखि सवारी चालकले समेत दुख पाइरहेका छन। दुवै सडक संघीय सरकारको आयोजनाले काम गरिरहेकाले त्रियुगा नगरपालिकाले समेत वेवास्ता गरेको छ। नगरपालिकाले दुवै आयोजनालाई बजार क्षेत्रमा काम छिटो गर्नलाई ताकेता गरिरहेको समेत जानकारी दिदै आएको छ। 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.