|

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका–३ मा बोटबाटै १५ लाख बढी रुद्राक्ष दाना चोरी भएको छ। गएराति खाँदबारी–३ सार्के गाउँमा १५ लाख बढीको रुद्राक्षको दाना चोरी भएको हो।

अज्ञात समूहले रातको समयमा १५ लाख बढीको रुद्राक्ष चोरी गरेको पीडित देवराज पुरीले बताए। रुद्राक्षको एउटैबोट लाखौं मूल्यमा किनबेच हुने गरेको छ। अज्ञात समूहले कृषक झलक बुढाथोकीले दुई वर्षका लागि देवराज पुरी र रमेश भण्डारीलाई १५ लाखमा ठेक्का दिएको रुद्राक्ष बोटको हाँगा काटेर चोरी भएको छ।

१५ लाख बढी पर्ने रुद्राक्षको बोटको हाँगा काटेर सबै दाना टिपेर लगेको पिडीत देवराज पुरीले बताए। पुरीले भने 'हामी दशैंअघि नै टिप्ने तयारी हुँदा/नहुँदै चोरी भएछ।' रुद्राक्षको राजधानी मानिने भोजपुर र संखुवासभामा पछिल्लो समय चोरीको घटना तीब्र भएको छ।

अहिले संखुवासभाको पाँचखपन नगरपालिका, चिचिला गाउँपालिका, खाँदबारी नगरपालिका र भोजपुरको षडानन्द नगरपालिको कुदकाउले र देउरालीबाट चार करोड बढीको रुद्राक्षको चोरी भएको छ।

पछिल्लो समय रुद्राक्षको व्यापारमा वृद्धि भएसँगै चोरी र लुटपाटको घटनामा वृद्धि हुन थालेको छ। भोजपुरको षडानन्द नगरपालिका-२ कुदकाउलेबाट दुई करोड बढीको रुद्राक्ष बोटबाटै लुटपाट भएको घटना सेलाउन नपाउँदै संखुवासभाको पाँचखपन, चिचिला र खाँदबारीबाट लाखौँको रुद्राक्ष चोरी भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.