रात अन्धकारमा दिन मजदुरीमा

|

दैलेख : 'दिन भरी काम नगरेसम्म बेलुकाको छाक टर्दैन, चाड आएर के गर्नु' दैलेख नारायण नगरपालिका वडा १ मा मजदुरी गर्ने पदम वादी भन्छन् 'छोरा-छोरी मासु चाहिँयो , कपडा चाहिँयो भनेर यो समयमा भन्दा साह्रै पिडा हुन्छ दशा नै लागे जस्तो लाग्छ।'

मिठो मसिनो खाने राम्रो लगाउने रहर कसलाई हुँदैन होला र? तर त्यो रहर सधैं भरी पूरा नहुँदा कम्तिमा दशैंमा एक छाक भए पनि मिठो खाने र एक जोर भए पनि नयाँ कपडा यो समयमा किन्‍ने गरिन्छ। देश विदेशका आफन्तहरू घरमा आउने पारिवारिक मिलन गर्ने महत्त्वपूर्ण पर्व दशैं सबै वर्गका मानिसहरूले भव्य रूपमा मनाउने गर्दछन् ।

यो बस्तीमा न गाउँमा खानेपानी, न बिजुली बत्ती नै छ। रात अन्धकारमा बित्छ  दिन अरूको मजदुरीमा ज्यालादारी काम नगरी खान लाउन पुर्‍याउन्न मुस्किल पर्ने यो दलीत बस्तीमा बसोबास गर्ने समुदायको दैनिकी सधैँ समस्या र दुःख कस्ट मजदुरीमै बित्दछ ।

दैलेखका कतिपय यस्ता बस्तीहरू छन् जुन बस्तीका बासिन्दाहरूका लागि दशैं दशाजस्तो भएर आउने गर्दछ । यसको मुख्य कारण गरिबी हो । केटाकेटीहरूलाई गरिबिको कुरा पत्तो हुँदैन तर छिमेक वरपर भएको रमाइलोमा बालबालिकाहरू रमाउन चाहन्छन् ।

यस्तै बाध्यतामा रहेको छ जिल्ला सदरमुकामसँगै जोडिएको नारायण नगरपालिका १ कुइनाका रातामाटे दलित बस्ती छ। यो बस्तीमा न गाउँमा खानेपानी, न बिजुली बत्ती नै छ। रात अन्धकारमा बित्छ  दिन अरूको मजदुरीमा ज्यालादारी काम नगरी खान लाउन पुर्‍याउन्न मुस्किल पर्ने यो दलीत बस्तीमा बसोबास गर्ने समुदायको दैनिकी सधैँ समस्या र दुःख कस्ट मजदुरीमै बित्दछ ।

काम नपाए अरू समयमा पनि भोकै रात बिताउनु पर्ने बाध्यता रहेको छ हामीजस्ता गरिबिको समस्यामा परेकालाई चाड पर्व नआएकै राम्रो हुने बताउँछन्

अरूकोमा मजदुरी गरेर जीवन गुर्जादैँ आएका उक्त समुदायका मानिसकालागि न दशैं न तिहार अरूकोमा काम नगरे हातमुख जुराउनै मुस्किल पर्छ । काम नपाए अरू समयमा पनि भोकै रात बिताउनु पर्ने बाध्यता रहेको छ हामीजस्ता गरिबिको समस्यामा परेकालाई चाड पर्व नआएकै राम्रो हुने बताउँछन्।

रातमाटे बस्तीका उपेन्द्र नेपाली  सदरमुकाम गणेश चौक नजिकै रहेको नमुना बस्तीको पीडा पनि उस्तै छ २०५८/५९ तिर द्वन्‍द्वको समस्या देखाउँदै सुरक्षित स्थानमा आएका नमुना बस्तीका वादी समुदायको दैनिकी पनि मजदुरीमै बित्छ ।

बस्तीकी शान्ता वादीले भनिन् 'गरिवले काम नगरी खान पुग्दैन सदरमुकाममा आएका मालवाहक गाडिमा सामान लोड अपलोड गर्ने काम गदै जिवीको पार्जन गरिरहेका छौँ । मालवाहक गाडी नआएको दिन कहिले भोकै रात विताउनु पर्ने गुनासो उनीहरूको छ। छाक टार्न मुस्किल पर्ने निमुखा गरिबलाई के चाडपर्व के रमाइलो ।  

'दशैं दशा जस्तै लाग्छ'

वर्षमा एक पटक आउने दशै तिहार पैसा नहुनेका लागि नआएको भए हुन्थ्यो जस्तो लाग्छ 'पैसा हुनेका घर मात मिठो मसिनो पाक्छ हामी जस्ता दिन भरि अरूकोमा ज्यालाधारी काम गरेर खानेलाई के दशैं के तिहार के, गह भरी आँसु पादेँ वित्छ' नमुना वादीले दुःख पोख्दै भनिन् चाड-वाड आउँदा बाल-बच्चाले अरूको जस्तै लाउन खान खोज्छन् गरिबीका कारण भने जस्तो कहाँ हुन्छ र पैसा नहुनेका लागि चाड-वाड आउँदा नमजा लाग्दो रहेछ ।

चुनाव आउँदा विभिन्न राजनीति दलले जमिन दिलाउने भन्छन् कसैले पनि हाम्रो समस्यालाई बुझ्दैनन् ।बिहान साँझ खान नपुग्ने गरिबलाई के दशैं के तिहार चुहिने छानो मुनि, धनी पैशावालाका लागि पो चाड पर्व रमाइलो दशैं तिहार छाक टार्न मुस्किल हुनेकालागि चाड पर्व नआएको राम्रो ।

हामी कहिले पुर्जा पाउँछौँ सरकार

सुन्दर नेपाल संस्था दैलेखले आयोजना गरेको एक सार्वजनिक बहस कार्यक्रमा नारायण नगरपालिकाका नगरप्रमुख, प्रदेश ,सांसद संघीय सांसद समक्ष भुमि बिहीन समुदाएले पुर्जादिलाउँने भन्दै सरकारले आसा मात्र देखाउँने र पहल नगर्ने भन्दै समस्या समाधानका लागि आग्रह गरेका छन ।

उनीहरुले स्थानीय सरकारसंग एउटै स्वरमा हामी कहिले सम्म भुमि बिहिन भएर बस्ने हो पुर्जा दिलाउने आशा चुनाब जित्नैका लागि मात्र हो भन्दै प्रश्न गरेका छन ।

नमुना वादी बस्तीकी पवा वादीले नगरप्रमुख रत्न बहादुर खड्कालाई स्थानीय तहको चुनाव ताका जग्गा दिलाउने आश्वाशन देखाएर मत लगेको र अहिले सम्म कीन वास्था नगरेको भनि प्रश्न गदैँ धनी र पैसा वाला भएको भए उहिलेई पुर्जा पाई सक्थ्ये हामी गरिब भएर सरकारबाट पनि हेपिएको पवाको गुनासो गरिन ।

यता नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले दैलेखका मात्र नभई देशै भरिका भूमिस्वामित्व बिहिन जनताले संघिय सरकारले बनाएको निति अनुसार जग्गा पाउँने बताए ।

सरकारले देशै भरी भुमि नभएका जनताकालागि नयाँ ब्यावस्था लागु गरी सकेको भन्दै दश वर्ष उपभोग गरेको जग्गा स्वतह पाउँने नीति बनाएकाले अब कसैले पनि भुमिविहिन भएर बस्न नपर्ने बताए ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.