|
फाइल फोटो

जाजरकोट : विभिन्न निकायबाट विद्युत बाल्नका लागि ल्याइएको बजेट राजनीतिक दलका कार्यकर्ताले बाँडेर सकाउदा नलगाड नगरपालिका-८ हल्चौरमा विद्युत बल्न सकेको छैन्।

पाल र तार जोडिएको दुई वर्ष भए पनि यहाँका ३ सयभन्दा बढी घरपरिवारले विद्युत प्रयोग गर्न नपाएका हुन्। नलगाड नगरपालिका, सांसद विकास कोषलगायतका ठाउँबाट ल्याइएको २३ लाखभन्दा बढी बजेट हिनामिना हुँदा गाउँलेले विद्युत बाल्न नपाएका हुँन्।

नलगाड नगरपालिकाबाट हल्चौर-लैखम सडकखण्ड मर्मत गर्ने भन्दै ल्याइएको रकमबाट स्थानीयवासीलाई जनश्रमदानबाट बाटो निर्माण गर्न लगाइ सो ७ लाख रुपैयाँ विद्युत सञ्चालनका लागि विद्युत विस्तार समितिलाई हस्तान्तरण गरिएको थियो। सो रकम लिएको नेपाली कांग्रेसका खगेनकोट गाविसका पूर्वसभापति तिलक खत्रीले ५ लाख हिनामिना गरेको स्थानीय शिक्षक हरि परियारले आरोप लगाए।

त्यस्तै, सांसद विकास कोषबाट तीन वर्षअघि उपलब्ध गराएको रु १० लाखमा पोल खरिद गर्ने भनिएकोमा पूरै पोल नल्याएर रकम अनियमिता गरेको शिक्षक परियारले आरोप लगाए। त्यस्तै, हल्चौरदेखि मेघाचौरसम्म घाडेटो बाटो जनतालाई मर्मत गर्न लगाएर नगरपालिबाट परेको रु ६ लाख रकमसमेत अनियमितता गरेको खुलेको छ। अहिलेसम्म सो ठाउँमा आधा पोल र तार मात्र तानिएको छ।

स्थानीयले बजेटको हिसाब माग्दा विद्युत विस्तार समितिका पदाधिकारीहरू अर्थात् नेपाली कांग्रेसका तीलक खत्री, नेकपाका प्रेमबहादुर खत्री छलफलमै सहभागी नभएको शिक्षक परियारले बताए। हल्चौरमा जोड्ने भनिएको खुमाउरी खोला जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत समितिका व्यक्तिले रकम अनियमितता गरेर सम्झौता गर्न नजाने अहिले पावर नदिने भएका छन्।

त्यस्तै, दोखु खोला लद्यु जलविद्युत आयोजनाबाट उत्पादित विद्युत जोड्ने पहल भए पनि ५ लाख रुपैयाँ रकम दोखुखोलाई नदिएसम्म विद्युत जोड्न नदिएको लालबहादुर विकले बताए।

हल्चौरमा लाइन विस्तारका लागि आएका विद्युतका पोलहरू केही विद्युत प्राधिकरणले दिएको र केही सांसद विकास कोषको रकमबाट खरिद गरिएको पाइएको छ। अन्य बाटो निर्माण गरी जनताको ज्यालाबाट आएको लाखै बजेट विस्तार समिति अर्थात् नेपाली कांग्रेसका तीलक खत्री र नेकपाका प्रेमबहादुर खत्रीले अनियमितता गरेको स्थानीयको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.