तपाईंको बेवास्ताले सरकारलाई अर्बौको घाटा

|

काठमाडौं : नेपाल राष्ट्र बैंकले हरेक दशैंमा नयाँ नोट वितरण गर्छ।  बैंक तथा वित्तीय संस्था मार्फत दशैंमा वितरण भएको करिब १२ अर्ब रुपैयाँमध्येको ठूलो रकम दक्षीणाको रुपमा आफ्नतहरूबाट व्यक्तिको हातमा पुग्‍ने गर्छ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला भन्छन् 'दशैंंमा मात्रै नभइ अन्य सभायमा पनि हामीले नयाँ नोट दिएका हुन्छौँ तर दशैंमा विशेष फोकस गर्छौँ'। प्रवक्ता निरौलाका अनुसार यसवर्ष १२ अर्ब रुपैयाँ भन्दा बढी रकम वितरण गरिएको छ।

 राष्ट्रबैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण गरेको थियो । सामान्यतया दशैंको बेला साटिने नयाँ नोट टिकोटालोको प्रयोजनमा खर्च हुन्छ। खासगरी दशैंमा आफूभन्दा ठूलाले टीका, जमरा र आशिर्वादसँगै आफन्तलाई दक्षिणाका रुपमा नयाँ नोट दिने प्रचलन रहेको छ । केन्द्रीय बैंकले नयाँ नोट छाप्न वर्षैनी अर्बौं रुपैयाँ खर्च गर्छ । राष्ट्र बैंकका अनुसार ५, १०, २०, ५० र १०० का नोट छपाउँदा प्रतिनोट औसत १ रुपैयाँ ६५ पैसा लागत पर्छ । त्यस्तै, ५०० र १००० का नोट छपाउँदा प्रतिनोट औसत २ रुपैयाँ ६४ पैसा लागत पर्छ । तर यो लागत महँगो हुँदै गएको छ ।

पैसामा हस्ताक्षर गर्ने राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाललाई विचित्र लाग्छ। 'हामीकोमा पूरानो पैसाको भ्यालु कम र नयाँको बढी भएजसरी पैसा साटिन्छ , एक किशिमको विचित्र नै रहेको छ' गभर्नर नेपालले थाहाखबरसँग भने। 

मुलुकी अपराध संहिता विपरत पैसाको दुरुपयोग भएकोमा गभर्नर नेपालले सर्वसाधरणलाई सेचत गराएका छन्। 'पैसामा केर्ने, नाम लेख्ने, कविता-मुक्तक पनि पैसामा नै लेखिदिने कहिले सुर्ति जस्तो बेरिदिने त कहिले गुन्द्रुक जस्तो खादिदे गरेको पाइन्छ' गभर्नर नेपालले भने। 

राज्यले पैसा छाप्नको लागि अर्बौ रुपैयाँ खर्च गरेको स्मरण गराउदै नेपाल भन्छन् 'तपाईं बेवास्ताले राज्यलाई अर्बौ घाटा भएकोको छ व्यक्तिलाई तीन महिनासम्म जेल हुन सक्छ ख्याल गर्नुस्'। 

खर्च गर्दा पनि सेचत हुनको लागि र बैंक तथा वित्तीय संस्थामा पैसा बचत गर्ने आदत बसाल्न नेपाकलो आग्रह छ। 'खर्च कति गर्ने व्यक्तिको हकको कुरा हो, किनकी उसले कमाएको पैसा हो, तर बचत गर्ने शैली बसालियो भने सजिलो हुन्छ, व्याज आउछ, भनेको समयमा पाइन्छ' नेपालले भने। 

 कसरी हिफाजत गर्ने त?

नोटमा केरमेट गर्ने, गुुजुुल्टो पारेर राख्ने, पानीमा भिजाउने जस्ता कार्यले नोटको आयु घट्छ त्यसैले यस्तो कार्य गर्नु भएन गभर्नर नेपाल भन्छ ' हामीले एक पटक किनेको प्रेस लगाइ-लगाई ४/५ वर्षसम्म चिटिक्क पारेर लगाउछौँ" पैसा पनि त्यस्तै हिफाजात गर्नु पर्छ। 

खासगरी दशैं र तिहारमा पूजा, टीकाका लागि अविर र अक्षता प्रयोग गरिन्छ । यसो खाममा राखेर पैसा दिने भिजेको हात र फोहोर हातले नछुदा पैसा जोगिन्छ। 

धेरै पैसा छ भनेर स्नोटिज लगानीय कार्य वञ्छनीय हुने छैन यसो गर्दा व्यक्तिले कानुन अनुसारको कारवाही भोग्नु पर्ने स्मरण गराउछन् गभर्नर नेपालले।

यसअघि  केन्द्रीय बैंकले पनि नोट सटहीको सूचनासँगै नोटलाई जतन गर्न पनि सूचना जारी गरेको छ । केन्द्रीय बैंकले नोट जतन गर्न आवश्यकताभन्दा बढी नोट बैंकबाट ननिकाल्न आग्रह गरेको छ । साथै, नोट फोहोर गर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गर्ने जनाएको छ ।

व्यक्तिको हातमा आएको पैसा सकेसम्म नपट्याई पर्समा राख्नु पर्छ। नपट्याइ राख्न नमिल्दा बिचबाट एक पटक मात्र पल्टाउन सकिन्छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.