खेलकुद

भुटानमा रहेको साफ यू-१५ खेल्न नेपाली टोलीको दशैं टीका (फोटो फिचर)

असोज २१, २०७६

    काठमाडौं : भुटानमा आयोजना हुने महिला साफ यू-१५ च्याम्पियनसिपमा भाग लिने नेपाली टोली भुटानमा छ। असोज २२ गतेदेखि २८ गतेसम्म सन्चालन हुने प्रतियोगिताको लागि नेपाली टोली सोमबार भुटान प्रस्थान गरेको हो। सात दिनसम्म चल्ने प्रतियोगितामा ४ देशको सहभागिता रहेको छ।

    भुटानमा रहेका नेपाली टोलीले साइतअनुसार दशैको टिका लगाएका छन्। टिमका मुख्य प्रशिक्षक राकेश श्रेष्ठ, सहायक प्रशिक्षक भगवती थापा र गोलरक्षक प्रशिक्षक, मीनबहादुर बस्नेतले नेपाली टिमलाई बडा दशैंको टीका लगाएर आशीर्वाद दिएका हुन्।

    नेपाल, आयोजक भुटान, बंगलादेश र भारतले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालले असोज २२ गते भारतसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ।

    असोज २४ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले त्यसको दुई दिनपछि असोज २६ गते आयोजक टोलीको सामना गर्नेछ। फाइनल असोज २८ गते हुनेछ।

     

     

नमीन ढकाल

ढकाल थाहा खबरका इलाम समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]