|

म्याग्दी : म्याग्दीको ऐतिहासिक स्थल ताकमकोतमा आयोजना गरिने छेलो (ठेलो) फाल्ने प्रतियोगितामा लगातार सात पटकसम्म एकै व्यक्तिले उपाधी आफ्नो पोल्टामा पार्न सफल भएका छन्।

धवलागिरी गाउँपालिका-७ मा अवस्थित ताकमकोटमा हरेक वर्षको वडादसैको अघिल्लो दिन महानवमी पर्वको अवसर पारेर आयोजना हुने प्रतियोगितामा ताकमका अशोक खत्रीले यस वर्षसँगै सातौ पटकसम्म उपाधी आफ्नै पक्षमा पार्न सफल भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

करिव ८ किलो तौल भएको ठेलोलाई करिब २० मिटर टाढा फालेर ‘माल’घोषित खत्रीले सात वर्षदेखि लगातार आफ्नै पक्षमा उपाधी जितेपछि ताकमकोतमा पुगेका भक्तजनले समेत सम्मान गरेका थिए।

विजेता खत्रीलाई फूलमाला, खादा, अबिर लगाएर सम्मान गरिएको थियो। विगतका तुलनामा उनले हरेक वर्ष छेलोलाई टाढा फाल्न सफल भएका छन्। प्रतियोगितामा १४ जनाको सहभागिता रहेको स्थानीय युवा कृष्णराज पौडेलले बताए।

 गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालको प्रमुख आतिथ्यता, अध्यक्षता वडा अध्यक्ष कलानिधी शर्माले गरेका थिए। ताकमकोट मन्दिर पुननिर्माण समितिको अध्यक्ष तेजेन्द्र थापा, सचिव होम थापाले सञ्चालन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.