राष्ट्रपति सिको भ्रमणमा प्रयोग गर्ने कार सेनाको निगरानीमा

|
फाइल फोटो

काठमाडौं : चिनियाँ कार्गो विमान नेपाल आएर पुनः स्वदेश फर्किएको छ। चिनियाँ राष्ट्रपति सि चिनफिङको आसन्न नेपाल भ्रमणका बेला प्रयोग गर्ने कारलगायत अन्य बन्दोबस्तीका सामान बोकेर मंगलबार दिउँसो काठमाडौं आएको थियो।

दिउँसो १ बजेर १० मिनेटमा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको उक्त विमान अपराह्न साढे चार बजे फर्किएको हो। विमानस्थलका अनुसार सो कार्गोलाई बेइजिङ–काठमाडौंको उडान भर्न करिब २ घण्टा लाग्छ।

करिब ३ घण्टा पार्किङ गरिएको सो कार्गोले अन्य पाँच वटा विमान बराबरको पार्किङस्थल ओगटेको थियो। कारलगायत अन्य वन्दोबस्तीका सामान नेपाली सेनाको निगरानीमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.