|

काठमाडौं :  पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले अहिले आयरल्याण्डसंग प्रतिस्पर्धा गरिरहेको छ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा आयरल्याण्डले टस जितेर ब्याटिङ गरिरहेको नेपालको लागि ललित नारायण राजवंशीले १२ औं ओभर दुई विकेट आफ्नो खातामा लिएका छन् भने एउटा विकेट रनआउट भएको छ। 

११.३,११.४ र ११.५ मा लगातर नेदरल्याण्डको विकेट पतन गर्न नेपाल सफल भएको हो। तेस्रो खेलमा टेष्ट राष्ट्रविरुद्ध सुरुमै विकेट लिए पनि आयरल्यान्डको विकेट झार्न नेपाललाई मुस्किल परेको थियो । त्यस्तै अविनास बोहोरा, सन्दीप लामिछानेले एक/एक विकेट लिएका छन्। त्यस्तै करण केसीले दुई विकेट लिएका छन्। 

आयरल्याण्डले अहिले ताजा अवस्थामा १५.४ ओभरमा ६ वीकेटको क्षतीमा ११५ रन जोडेर खेलिरहेको छ । ओमानमा जारी सिरिजको तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली यसअघि सन् २०१५ मा भएको हारको बदला लिने तयारीका साथ मैदान उत्रिएको छ ।

यो सिरिजको सुरुवाती दुई खेलमा नेपालले हङकङ र नेदरल्याण्डलाई हराएको छ । नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । तीन खेल खेलेको आयरल्यान्ड दुईमा जित र एकमा हार सहित ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

समान अंक भएपनि रनरेटका आधारमा आयरल्याण्ड दोस्रो स्थानमा रहेको हो । आयोजक ओमान तालिकाको शीर्ष स्थानमा रहेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.