|

नवलपरासी : गए राती पूर्वी नवलपरासीको कावासोती डण्डमा बस र बोलेरो जीप एक आपसमा ठोकिदा एक जनाको ज्यान गएको छ। काठमाण्डौबाट पश्चिमका लागि छुटेको ना ७ ख ५८१५ नम्बर को बस र पश्चिम नवलपरासीको गोपिगञ्जबाट केरा लिएर पुर्वतर्फ गैरकेको लु २ च ६०७० नम्बरको बोलेरो जीप एक आपसमा ठक्कर खाएका थिए। 

दुर्घटनामा परि बोलेरो चालक प्रतापपुर गाउपालिका वडा नम्बर २ का २५ बर्षीया बलिराम सुनारको मृत्यु भएको नवलपुर प्रहरीले जानकारी दिएको छ।  राती करिव १०ः३० बजे भएको दुर्घटनामा परि बोलेरो भित्रै च्यापिएका चालक सुनारलाई प्रहरीले लामो प्रयास पछि बाहिर निकालेको थियो।

उनको घटना स्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि बस चालक , बसमा सवार एक महिला यात्रु र बोलेरोमै रहेका एक जना घाईते भएका छन्। बस चालक र बसमै रहेकी महिला सामान्य उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.