|

कञ्चनपुर : विवाहिता महिलासँग अबैध सम्बन्ध राखेको आरोपमा पक्राउ परेका कञ्चनपुरको बेलौरी नगरपालिका मालपोत शाखाका अधिकृत भोजबहादुर ऐडी  र ३४ वर्षीय महिला माथि अनुसन्धानका लागि दश दिनको म्याद थप गरिएको छ।

बिहीवार जिल्ला अदालत कञ्चनपुरले १० दिनको म्याद थप गरी हिरासतमा राख्न आदेश दिएको हो। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ। मुलुकी अपराध संहिता २०७४ को  भाग २ फौजदारी कसुरहरुको परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

आपत्तिजनक अश्लील तस्वीर मोवाइलमा राखेको आरोपमा दुवै जनाविरुद्ध बुधबार इलाका प्रहरी कार्यालय बेलौरीमा उजुरी परेपछि दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो। मोवाइलमा सेल्फी हानेको अवस्थाको ऐडी र महिलाको लुगा नलगाएको आपत्तिजनक तस्वीर फेला परेपछि दुवै जनाविरुद्ध महिलाका श्रीमानले इप्रकामा उजुरी दिएका थिए।

अधिकृत ऐडी विवाहित हुन्। हाल उनी बैतडी जिल्लाको दशरथ चन्द नगरपालिकामा सरुवा भएका छन्। उनका घरमा श्रीमतीसहित एक छोरी रहेकी छन् भने महिलाको घरमा दुई छोरा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.