पाहुनाको स्वागतमा कञ्जुस्याइँ नगर्न आग्रह

|

काठमाडौं : २३ वर्षपछि पहिलो पटक चीनका राष्ट्रपति शनिबार साँझ नेपाल भ्रमणमा आउँदैछन्। विश्व महाशक्तिको यात्रामा रहेको चीनका शक्तिशाली राष्ट्रपति आउनै लाग्दा उनको स्वागतमा नेपालले कुनै कसर बाँकी राख्न नहुने मत बुद्धिजीवीले राखिरहेका छन्। 

वरिष्ठ अधिवक्ता डा. युवराज स‌ंग्रौलाले नेपाल-चीन सम्बन्ध १६ सय वर्ष भन्दा पुरानो रहेको बताउँदै राष्ट्रपति सी जिनपिङको भ्रमणलाई नेपपाले बढी भन्दा बढी आफ्नो हितमा प्रयोग गर्नुपर्ने धारणा राखेका छन्।

केही विष्लेशकहरुले चीनबाट नेपालमा रेल आउनै नसक्ने बताइरहेका बेला संग्रौलाले रेशम मार्गको प्रसंग निकाल्दै नेपालले भारत-चीन जोड्नुपर्ने मत राखेका छन्। 

पूर्वमहान्यायाधीवक्ता तथा विश्लेषक उनले सरल स्वभावका सीको स्वागतमा नेपालले कन्जुस्याइँ गर्न नहुने पनि अभिमत राखेका छन्। 'हामीले चीनसँग कागज बनाउन सिक्यौँ र दक्षिण एसियामा शिक्षाको प्रवर्द्धन गर्यौँ', उनले भनेका छन्, 'अब रेल, प्रबिधि र लगानीको माध्यामबाट फेरि नयाँ रेसममार्गको निर्माण गर्न सकिन्छ। ठूलो सोच राखौँ। भारत र चीन जोड्ने काममा लागौँ। पाहुनालाई हार्दिक सत्कार गरौँ।'

संग्रौलाले सीको भ्रमण नेपालका लागि नौलो नभएको बताउँदै यसलाई इतिहासको निरन्तरता भनेका छन्। 'सी जिन पिङ्ग सरल, मेहनती र जनप्रिय राष्ट्रपति हुन। उनी नेपालका छिमेकी हुन', उनले भनेका छन्, 'उनको नेपाल भ्रमणबारेमा कसैले प्रश्न उठाउनु आफैँमा असभ्यपन हो। नेपाललाई चीन चाहिन्छ विकासका लागि।' 
उनले बुद्धभद्रले लुम्बिनीबाट चीन गएर साओलिन मन्दिर निर्माण गरेको प्रसंग निकाल्दै नेपाल-चीन सम्बन्ध १६०० वर्षभन्दा पुरानो रहेको उल्लेख गरेका छन्। 


संग्रौलाले के भने? 

१. बुद्धभद्र लुम्बिनीबाट चीन गएर साओलिन टेम्पल निर्माण गरे। उनी ध्यान बुद्धधर्मका प्रवक्ता थिए, नेपालबाट चीनका लागि।

२. सन् ६४८ मा वाङ्ग सुयान ताङ्ग रक्षामन्त्री ३६ जनाको टोली लिई नेपाल आए, केरुङ्ग हुँदै पहिलो पटक। यसपछि काठमाडौं हुँदै रेसममार्ग सुरु भयो।

३. मगद जाँदा वाङ्ग र उनका टोलीलाई अर्जुना भन्ने मगद सैनिक अधिकारीले पक्राउ गर्यो, केहीलाई मार्यो, र अरुलाई थुन्यो। त्यसपछि राजा नरेन्द्रदेवले चिनियाँ सम्राटको अनुरोधमा सातहजार सैनिकसहित आक्रमण गरे। चिनियाँ टोलीको उद्दार गरे। नेपालले उनीहरुसँग कागज बनाउन सिक्यो। नेरेन्द्रदेवका जेठा छोरा चीन गए। उनको ठूलो स्वागत भयो।

४. नेपालले चीनको बुद्ध संस्कृति निर्माणमा ठुलो भूमिका खेल्यो।

५. तिब्बतका प्रथम मन्त्री थोन मि सम्बोता भृकुटीको हात माग्न काठमाडौं आए। विवाह भयो।

६. बुद्धभद्रको समयबाट गन्ने हो भने नेपाल र चीनको सम्बन्ध १६०० वर्ष पुरानो छ। भृकुटीको विवाह र वाङ्ग सुयानको समयबाट गन्ने हो भने १४ ०० वर्ष पुरानो छ। मनुश्री उताइसान पहाडबाट आए। त्यो पाँच हजार वर्ष पुरानो छ। अमेरिका बन्नु धेरै पहिला अरनिको चीनमा गएर नेपाली वास्तुकला प्रदर्सन गरे। हाम्रा थुप्रै दरबार बन्दा कतिपय पश्चिमी देश बनेका थिएनन्।

सी जिन पिङ्ग सरल, मेहनती र जनप्रिय राष्ट्रपति हुन्। उनी नेपालका छिमेकी हुन। उनको नेपाल भ्रमणबारेमा कसैले प्रश्न उठाउनु आफैँमा असभ्यपन हो। नेपाललाई चीन चाहिन्छ विकासका लागि। हामीले चीनसँग कागज बनाउन सिक्यौँ र दक्षिण एसियामा शिक्षाको प्रवर्द्धन गर्यौँ। अब रेल, प्रविधि र लगानीको माध्यामबाट फेरि नयाँ रेसममार्गको निर्माण गर्न सकिन्छ। ठूलो सोँच राखौँ। भारत र चीन जोड्ने काममा लागौँ। पाहुनालाई हार्दिक सत्कार गरौँ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.