|

मनाङ : नेपालीहरुको माहान चाड दशै सँग सँगै तिलीचो जाने आन्तरीक पर्यटकको ओईरो लागेको छ। मनाङ ङिस्याङ गाउँपालीका वडा ९ मा अवस्थीत तिलीचो ताल हेर्न आउने पर्यटकको घुईचो लागेको हो। समुन्द्री सतहदेखी ४ हजार ९ सय १९ मिटर उचाईमा रहेको यस ताल आन्तरीक पर्यटकको रोजाईमा पर्ने गरेको छ।

आकास खुलेर सेता हिमालका लहर सँगै दशै बिदामा रहेका नेपालीहरुमा मनाङको मोह निकै बढेको छ। केही बर्ष यता नेपालीले मनाङ खचाखच हुन थालेको पर्यटन ब्यावासायी विनोद गुरुङले बताए। उनका  अनुसार यो समयमा बिषेश गरेर कलेजका बिद्याथीहरु तिलीचो आउने गरेका हुन्। कलेज बिदाको समयमा मनाङका हिमताल , हिमाल, र यहाँका परम्परा उनीहरुको रोजाईमा पर्ने गरेको छ।

अहिले माथिल्लो मनाङका सबै होटलहरु आन्तरीक पर्यटकले भरीएका छन्। मनाङ ङिस्याङ गाउँपालीका सबै गाउँहरु बिदेशी तथा आन्तरीक पर्यटकको भिडभाड देख्न सकीन्छ। अन्नपुर्ण संरक्षण क्षेत्र मनाङका अनुसार दैनीक २ सय जनाको हाराहारीमा आन्तरीक पर्यटकले तिलीचो तालको अवलोकन गरेको पाइन्छ। 

मनाङ गाउँ, खाङसार, श्रीखर्क, तिलीचो बेसक्याम हुदै तिलीचो ताल पुग्ने गरेका छन्।  गत बर्ष करीव १२ हजार नेपालीले यस तालको अवलोकन गरेका थिए भने अहिले १५ हजारको हाराहारीमा पुग्ने अनुमान गरीएको पर्यटन ब्याबसायी सँघ मनाङले जनाइको छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.