ठेकेदारको प्रस्तावले सडकको कामै स्थगित

|

ओखलढुंगा : आफूलाई ठेक्का पारीदिन मुख्यमन्त्री र सांसद नै किन्न खोज्छन् ठेकेदारहरू। तर, मन्त्री र सांसद मान्दैनन् बरु  ठेक्का नै रद्ध गरी विकास निर्माणको काम नै रोकिएको छ।

पदेश-१ को ओखलढुंगामा सडक निर्माणको काम मिलाइदिन भन्दै ठेकेदारले सांसद र मुख्यमन्त्रीलाई करोडौं रकम प्रस्ताव गरेपछि ठेक्का रोकिएको हो। ओखलढुंगाको एउटा र सोलुखुम्बुका २ वटा सडक निर्माणको ठेक्का आफूलाई पारिदिए सांसदलाई २ करोड र मुख्यमन्त्रीलाई १ करोड रकम दिने ठेकेदारले प्रस्ताव गरेपछि ठेक्का नै रोकिएको हो।

प्रदेश सांसद अम्बिरबाबु गुरुङले जिल्लाको एक रेडियो अन्तरवार्तामा यो विषय सार्वजनिक गरेका  थिए। सांसद गुरुङले विकास बजेट अनियमितता गर्ने ठेकेदारका विषयमा प्रदेश सरकार र सार्वजनिक कार्यक्रममा आवाज उठाएपछि यो विषयमा जिल्लामा सबैले चासो देखाएका छन्।

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र ओखलढुंगाका प्रदेश सांसद गुरुङले आफूहरु भ्रष्टाचार विरुद्ध कडा रुपमा प्रस्तुत हुने उद्घघोष गरेका कारण मोटो रकमको प्रस्ताव आएपछि ठेक्का रोकिएको  छ।

तोकिएको भन्दा कम काम गरेर करोडौं रकम अनियमितता गर्ने तयारी गरेको थाहा भएपछि प्रदेश सरकारमा खबर गरेको सांसद गुरुङले बताए। जिल्लामा भएका  भ्रष्टचारका विरुद्ध सांसद गुरुङले चर्को आवाज उठाउँदै आएका छन्।

तपाईँलाई २ करोड मुख्यमन्त्रीलाई १ करोड दिन्छौं भनेर ओखलढुंगाकै हर्क श्रेष्ठ भन्ने ठेकेदारले आफूलाई प्रस्ताव गरेपछि आफूले सूक्ष्म रुपमा अध्ययन गरेको र ठेक्का रोकेर अनुसन्धान गर्न प्रदेशमा आवाज उठाएको उनले बताए।

'हामी विकास कसरी गर्ने भनेर सोचिरहेका छौं विकासको बजेट घुस खाएर अपराध गर्ने कुरा भएन' सांसद गुरुङले भने, 'पैसाको प्रस्ताव आएपछि बुझेको निकै ठूलो जालो मिलेर भ्रष्टाचार गर्न तयारी गरेको पाएँ अनि सम्बन्धित ठाउँमा भनर  ठेक्का रोक्न सहयोग गरेको हुँ।'

सांसदलाई र मुख्यमन्त्रीलाई करोडको प्रस्ताव गरिएको ‘मानेभन्ज्याङ–माधवपुर–सिस्नेरी ग्राभेल’को ठेक्का मुख्यमन्त्री शेरधन राईको निर्देशनमा अहिले स्थगित छ। असार ३१ गते प्रकाशित टेन्डर खोल्न १५ दिन बाँकी हुँदा ठेक्का स्थगित भयो।

मानेभन्ज्याङ–सिस्नेरी ९.४४ किमि सडकको ठेक्का ४३ करोड ४० लाख ६३ हजारको थियो। सडक ८ मिटर चौडाइ भएको ग्राभेलस्तरको हुने भनिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.