|

रौतहट : रौतटहमा एक जनाको गोली हानी हत्या भएको छ। जिल्लाको इशनाथ नगरपालिका औरैयामा एक युवकको गोली हानी हत्या भएको हो। भारतीय नम्बरको मोटरसाइकलमा बीचमा राखेर ल्याएको एक युवकलाई गोली प्रहार गरी सो मोटरसाइकल पुन: भारततर्फ फर्किएको स्थानीयले बताएका छन्।

इशनाथ नगरपालिका ६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कूल नजिकै एक युवकमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताए।

अज्ञात समूहले प्रहार गरेको गोली लागि मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन। भारतबाटै आएका व्यक्तिहरूले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका छ। मृतक युवक अन्दाजी २६ बर्षका रहेका छन्। मृतकको साथबाट उनको पहिचान हुने कुनै वस्तु फेला नपरेको र हत्यामा प्रयोग भएको गोलीको खोखा अत्याधुनिक हतियारको भएको प्रहरीले जनाएको छ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.