विस्फोटको घटना छोप्‍न एकपछि अर्को अपराध

|

रौतहट : बम विष्फोटको घटनाका घाइतेलाई जिउँदै इँटा भट्टामा हालेर मारेको घटनाका मुख्य अभियुक्तका रूपमा नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलम पक्राउ परेसँगै पीडित परिवारले मुख खोल्न थालेका छन्। 

बम विस्फोटको घटनामा घाइते १४ जनालाई इँटा भट्टाको आगोमा हालेर हत्या गरेको घटना ढाकछोप गर्न आलमले गरेको विभिन्न कर्तुतहरू पनि एकपछि अर्को गरी सार्वजनिक हुन थालेका छन्। 

रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद आफताव आलमका मान्छेले आफ्नो भाइलाई जिउँदै इँटा भट्टामा हालेर मारेको उनका दाजु सतेन्द्रप्रताप सिंहले बताएका छन्। 

यो घटनामा पीडित परिवारले न्याय खोज्दा उनीहरूका सदस्यलाई पनि हत्या गरेको खुलेको छ। पीडितहरूमध्ये एक रोक्सना खातुनको पनि हत्या भएको थियो। 

बम काण्डमा जिउँदै जलाइएका ओशी अख्तरकी आमा रोक्सना खातुनको अज्ञात समूहले हत्या गरेको हो। आफ्नो छोराको हत्यारालाई कारबाही गर्दै सर्वोच्चमा रिट दिएकी ओसीका आमा रोक्सनाको रौतहटमा नै रहस्यमय ढंगले हत्या भयो।

छोराको हत्यारामाथि कारबाहीको माग गर्दागर्दै खातुनको हत्या भएको थियो। खातुनका हत्यारा अझै पक्राउ परेका छैनन्। यो घटनामा पनि आलमकै हात रहेको पीडित पक्षले बताउँदै आएका छन्। 

२०६७ माघ ८ गते साँझ दुर्गाभगवती गाउँपालिकास्थित माइतीबाट घर सरुअठा आउँदै गर्दा गौंडा कुरेर बसेको हतियारधारी समूहले उनको गोली हानी रोक्सानाको हत्या गरेको थियो। त्यस घटनामा संलग्नहरूलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्नै सकेको छैन।

आलममाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ कब्जा गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा बम विस्फोट भई घाइते भएकामध्ये १४ जनालाई नजिकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो। 

यो घटनामा मृतकमा आफन्तले हालेको रिटमा सुनुवाई गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले १६ जेठ २०६९ मा दोषी आरोपित आलमसहित ५ जनालाई गिरफ्तार गरी कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो  ।

आज पनि नेपाली कांग्रेसले सांसद आलमको बिना सर्त रिहाइको माग गदै विभिन्न ठाउँमा टायर बालेर विरोध गदै आइरहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले आलमलाई जिल्ला अदातल रौतहट गौरबाट म्याद थप गरी अनुसन्धान गर्ने प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताए।

आलमका काका पूर्वमन्त्री शेख इद्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो। आलम त्यतिबेला रौतहट-२ मा कांग्रेसको तर्फबाट उम्मेदवार थिए । तत्कालीन राजपुरफरहदवा गाविस-४ स्थित आलमको घरछेवैको इद्रिसको घरमा विस्फोट हुँदा केही युवा घाइते भएका थिए ।

बम विष्फोटको घटना सार्वजनिक हुने डरले सांसद आलमले सहयोगीसँग मिलेर घाइतेहरूलाई नजिकको इँटाभट्टाको आगोमा हाली जलाएको प्रत्यक्षदर्शीले अदातलमा बयान दिएका छन्। 

पहिलो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार आलमकै मान्छे शेख भदैईले नारायण सिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई आलमको घरमा लगेका थिए ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिका-४ (साविक राजपुर गाविस-४ स्थित आलमका काका शेख इद्रिसको गोठमा बम बिस्फोट हुँदा यमुनामाई गाउपालिका-४ (साविक सरुअठा-४) का त्रिलोकप्रसाद सिंह (पिन्टु) ओसी अख्तरलाई इँटा भट्टामा घाइते अवस्थामा जिउँदै जलाइएको आरोपमा सांसद आलमलाई पक्राउ गरिएको हो। उक्त घटनामा केही भारतीय नागरिकलाईसमेत जलाइएको अनुमान सिंहको छ।

सम्बन्धित समाचारः 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.