|

काठमाडौंः काठमाडौं महानगरपालिकाले दशैमा सिसडोलबासीलाई जग्गाको क्षतिपूर्ति तथा मुआब्जा वितरण गरेको छ। क्षतिपूर्तिस्वरुप सिसडोलबासीलाई ५६ लाख ८९ हजार ६ सय ९१ रुपैयाँ वितरण गरेको महानगरपालिकाले जनाएको छ।

सिसडोलबासीका ४ सय ११ घरले क्षतिपूर्तिस्वरुप मुआब्जा पाएका हुन्। सिसडोलबासीले मुआब्जा नपाएको व्यापक गुनासो आएपछि मुआब्जा दिएको काठमाडौं महानगरपालिकाको वित्त विभागका प्रमुख बुद्ब रत्न मानन्धरले बताए। उनका अनुसार वर्षेनी सिसडोलबासीलाई क्षतिपूर्तिस्वरुप रकम वितरण गर्ने गरिएको छ। उत्पादनयोग्य जमिनलाई महानगरपालिकाले डम्पिङ साइड बनाएकोले पनि क्षतिपूर्तिको दिएको उनको भनाइ छ।

गत वर्ष पनि महानगरले ५५ लाख नै दिएको उनले बताए। यसपालि अझ बढाएर दिएको उनले जानकारी दिए। सिसडोलबासीको भावना र समस्या बुझेर नै सरोकारवालासँग सल्लाह गरेर रकम बढाएर दिएको उनको भनाइ थियो।

महानगरपालिकाले सिसडोलबासीको लागि दीर्घकालीन समाधानको बाटो खोजिरहेको मानन्धरले बताए। ' नयाँ डम्पिङ साइडको खोजी भइरहेको छ,' उनले भने। काठमाडौं महानगरपालिकाले  फोहोर मात्र गरेको छैन त्यहाँ सडक निर्माणसमेत गरेको उनको दाबी छ।

महानगरपालिकाले सिसडोलबासीको आँखामा छारो हाल्नको लागि मुआब्जा दिएको स्थानीय राजन न्यौपानेले बताउँछन्। प्रत्येक वर्ष एक घर बराबार पाँच हजार देखि १० हजार दिएको उनले जानकारी दिए। प्रत्येक घरको मानिसलाई दशैँ मनाउनको लागि दसै खर्च दिएको जस्तो दिएर सिसडोलबासीलाई भुलाइरहेको उनको आरोप थियो।

स्थानीयले पनि सानो खर्चमा भुलिन नहुने उनको तर्क थियो। सिसडोलबासीले महानगरले सम्झौता विपरीत काम गरिरहेको उनले बताए। समाधानको लागि महानगरपालिकालाई प्रतिवदेन बुझाइसकेको उनले बताए।

सम्झौता अनुसार काम नगरे सिसडोलबासीले लगतै केही दिन पछाडि काठमाडौंको फोहोर रोक्ने उनले चेतावनी दिए। महानगर सिसडोलबासीको मागप्रति गम्भीर नभएर सिसडोलबासीलाई मुआब्जामा भुलाइरहेको उनले आरोपसमेत लगाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.