|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले दशैं, तिहार, छठ, नेपाल सम्वतको अवसरमा बुधबार काठमाडौंको भृकुटीमण्डपमा चियापानको आयोजना गरेको थियो। चियापान र शुभकामना आदानप्रदान कार्यक्रममा स्वदेशी र विदेशी पाहुना आइपुगेका थिए। 

नेकपाका नेता तथा कार्यकर्ताको उक्त चियापानमा बाक्लो उपस्थिति रहेको थियो। 

चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा काठमाडौंस्थित विभिन्न देशका कुटनीतिक नियोगका प्रतिनिधिको पनि उपस्थिति थियो। 

दिउँसो ११ बजेदेखि शुरु भएको कार्यक्रम साँझ ५ बजेसम्मै जारी थियो। उक्त कार्यक्रमको अन्तिमतिर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति सहभागी भएका थिए। उनको स्वागतका लागि प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाललगायत मञ्चमा थिए। 

देउवालाई ओली, खनाललगायतले स्वागत गरेका थिए। त्यसपछि देउवा मञ्चमा ओली र खनालको बीचमा बसेका थिए। करिब २० मिनेट मञ्चमा बसेका देउवा उत्साहित देखिन्थे। 

सम्बन्धित समाचारः

हेर्नुहोस्, नेकपाको चियापानमा कांग्रेस सभापति देउवा :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.