|

धनकुटा : धनकुटामा पहिलो पटक सञ्चालन गरिएको मिस धनकुटा २०१९ को उपाधि पाख्रीवासकी साबित्रा घिमिरेले जितेकी छन्।

बुधबार राति धनकुटामा सम्पन्न फाईनलमा २७ जना प्रतिस्पर्धीलाई उछिन्दै पाख्रीवास नगरपालिका ३ की घिमिरेले पहिलो मिस धनकुटाको ताज पहिरिएकी हुन्।

बिजयी भएसँगै घिमिरेले स्कुटर पाएकी छन भने १० लाखको जीवन वीमा, एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर पाउने आयोजक मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट प्रालि काठमाडौंले जनाएको छ। यस्तै प्रतियोगिताको फस्ट रनरअप सोनी कार्की र सेकेण्ड रनरअफ निरुता सुव्वा घोषित भएका छन। उनीहरूले क्रमश ४० हजार र २० हजार नगद पुरस्कार पाएका छन भने दुवैले ५ लाखको जीवन वीमा पाउने छन्।

दुवै जनालाई एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनयको अवसर दिईने आयोजक मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट प्रालि काठमाडाैंका अध्यक्ष दीपक बराइली जानकारी दिए। यस्तै मिस धनकुटाका प्रतियोगि मध्ये विभिन्न १० विधामा उत्कृष्ट प्रतियोगिलाई पनि पुरस्कृत गरिएको थियो।

बाबु, विद्या, कमल र समिरले तताए धनकुटा

धनकुटाका भएको मिस धनकुटाको फाइनलमा बाबु बोगटी, विद्या तिवारी, कमल क्षेत्री र समिर विकले दर्शकलाई छमछमी नचाए। साँझपखबाट बसेका दर्शक चिसो मौसमको प्रवाह नगरी राती ३ बजेसम्म गायकसँग स्वरमा स्वर मिलाउँदै छमछमी झुमे।

कार्यक्रममा सुरुवातमा धेरै दर्शकले रुचाएका गायक बाबु बोगटी अस्वस्थताका कारणले नआउने जानकारी आयोजकले दर्शकलाई जानकारी गराएपछि दर्शकमा केही निराशा छाएको थियो। तर रातको करिब १२ बजे गायक बाबु बोगटी आउने जानकारी पाएपछि दर्शकमा खुसियाली छाएको थियो।

त्यसको केही समयमै स्टेजमा आएका बोगटीले तुलसी आगनमा रोपौँला, सान्नानी तिमीलाई हिर्काउला लौरीले र टिकुली ट्याक गरी तीन वटा गीतमा दर्शकसँगै रहेका महानायक राजेश हमाललाई नचाए। यस्तै गायिका विद्या तिवारीले पिच गर्दिम्ला रोड, लपन छपन जान्दिन म झुटो कुरो बोल्दिन र घाममा सुकाइदेउ लगायतका गीत प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा गायक समिर विकले प्रिय तिमले माया मारेउ नि र तिमी ज्यान माग ज्यान माग गीत गाए भने गायक कमल के क्षत्रीले आइ लभ यु भनन, रेशम फिलीली, नाचन तिमी नाचन लगायतका गीत गाएका थिए। यस्तै कलाकार सुजन रसाइलीले आफ्नो रोचक प्रस्तुति प्रस्तुत गरेका थिए।

मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट प्रालि काठमाडाैंको आयोजना तथा प्रस्तावित लेडिज धनकुटाको सह आयोजनामा भएको मिस धनकुटा कार्यक्रममा महानायक राजेश हमाल, चलचित्र निर्देशक विभुल पोख्रेल, होटल एसोशिएसन इटहरीका अध्यक्ष जीवन पराजुली र मिस नेपाल सेकेन्ड रनरअप शान्ति पाख्रिन निर्णायकको भूमिकामा थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.