फोहोर आफैँ टिप्न थाले, चिच्याउन छोडे

|

काठमाडौं : मतदानलाई लिएर बुधबार राति ताण्डव मच्चाएका गैरआवासीय नेपालीहरु बिहीबार शान्त देखिएका छन्। प्रमुख पदमा उम्मेदवराहरूले  बुधबार देखिएको समस्यालाई लिएर क्षमा नै मागेका छन्। उनीहरूका समर्थकहरू पनि बिहीबार शान्त र थकित देखिए। 

बिहीबार बिहान ११ बजेदेखि होटल हायातमा सुरु भएको मतदानका क्रममा बाहिरी लाइनमा उम्मेदवारलेसमेत हात जोडर भोट माग्दै हिँडेका दृश्य देखिएन। उनीहरुका समर्थक प्दलेकार्ड बोकेर बसेका छन्। लामो लाइन भए पनि ढिलो भएकोमा प्रतिनिधिहरु आज आक्रोशि छैनन्।

बुधबार क्षण क्षणमा आफूनिकट उम्मेदवारलाई काँधमा बोक्दै दुवै पक्षले शक्ति प्रदर्शन गर्न केन्द्रित थिए। बिहीबार भने भुइँको फोहर टिप्न पनि उनीहरु जुटेका थिए। चिच्याउने र हुटिङ गर्नेहरु बिहीबार देखिएनन्। कतिपय मतदाता बाहिरबाट गएका महिला समूहले चौरमा बजाएको पञ्‍जेबाजाको धनुमा नाचिरहेका छन्। 

वातवरण शान्त देखिए पनि सुरक्षा सतर्कता बढाइएको छ। ठाउँ ठाउँमा बाक्लो सुरक्षाकर्मी राखिएको छ। बिहीबार दिउँसो मतदान चलिरहेको समयमा होटल हायातमा देखिएका दृश्य :

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.