|

काठमाडौं : काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ। शुक्रबार कीर्तिपुरमा युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरेका हुन्। उद्घाटनपश्चात् बोल्दै पुनले जनस्तर र विदेशबाट हाल केन्द्रमा ८ करोड रकम सहयोग भएको बताए।

समृद्ध नेपालको सपना देखेर मात्र नहुने भन्दै युवा उद्यमीलाई प्रोत्साहीत गर्नुपर्ने पुनले जोड दिए। 'नयाँ सोच छ भने कृपया हातेमालो गर्दै अगाडि बढौँ। हाम्रो केन्द्र युवा सोचलाई सम्मान गर्छ', पुनले भने, 'आविस्कार केन्द्रले आवश्यक सहयोग गर्छ।'

'आविस्कार केन्द्रसँग सहकार्य गर्न शैक्षिक योग्यताभन्दा पनि नयाँ सोचको आवश्यकता रहेको छ' पुनले थपे। युवालाई आविस्कार केन्द्रमा नै आएर काम गर्नु नपर्ने पनि पुनले बताए। अहिले केन्द्रले चितवन, पोखरा, विराटनगरलगायत देशका विभिन्न ठाउँमा काम गरिरहेको पनि पुनले जानकारी दिए।

केन्द्रमा अहिले२० वटा प्रोजेक्ट संचालनमा आएको भन्दै पुनले चितवनमा कुखुराको दाना र माछापालन, पोखरा र विराटनगरमा पर्यटन, कृषिका क्षेत्रमा अनुसन्धान र काम भइरहेको बताए। 

फोटो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.