काठमाडौं : नेकपा (माले)का महासचिव सिपी मैनालीले सरकारसँग मुलुकलाई समृद्ध बनाउने सैद्धान्तिक आधार नै नभएको दाबी गरेका छन्।
महासचिव मैनालीले कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको? भनि सरकारलाई प्रश्न पनि गरे। शनिबार काठमाडौंमा ‘अम्बिका साँवा स्मृतिग्रन्थ’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले सरकारले ठूल्ठूला कुरा गरे पनि मुलुकलाई सही बाटोमा अघि बढाउन नसकेको आरोप लगाए।
पूर्वउपप्रधानमन्त्री समेत रहेका मैनालीले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, मुलुकमा दीगो आर्थिक विकासको ठोस कदम अघि बढाउन नसकेकोभन्दै सरकारको चर्को आलोचना पनि गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।