|

दाङ : रोजगारको सिलसिलामा मलेसिया गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ। दाङको शान्तिनगर गाउँपालिका २ रातीपोखरी निवासी ४२ वर्षीय मोहन केसी ( कान्छो ) को असोज २९ गते नेपाली समय अनुसार अपरान्ह साढे ४ बजेतिर मृत्यु भएको हो।

केसी दशैंको टिकाको अघिल्लो दिन एक्कासी बेहोस भएपछि उपचारका लागि मलेसियाकै सालम हस्पिटलमा लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको उनका भतिज गणेश केसीले बताए।

केसी डिएचएल सप्लाई चैन कम्पनीमा कार्यरत थिए। उनी सेक्युरिटी गार्डमा काम गर्नका लागि गत जेठको अन्तिममा  नेपालबाट मलेसिया गएका थिए। केसीको शव सोमबार काठमाडौँ आइपुग्ने भतिज केसीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.