|
फाइल फोटो

इलाम : प्रदेश-१ को प्रदेशसभा सचिवालयले अधिकारिक वेबसाइटमा ९ महिना अघि आठजना सांसदको लिंग परिवर्तन गरी प्रकाशन भएको देखिएको थियो।  लिंग परिवर्तन गरिएको मध्ये आशारत्नसहित सातजना महिला र एकजना पुरुष सांसद थिए।

थाहाखबरमा समाचार प्रकाशन भएपछि सचिवालयले सातजना सांसदको लिंग सच्याए पनि पाँचथरबाट समानुपातिक कोटामा निर्वाचित भएकी प्रदेश सांसद आशारत्न जवेगुको लिंग भने अझै सच्याइएको छैन।

जवेगु महिला सांसद भए पनि प्रदेशसभाको वेबसाइटमा अझै पुरुष नै लिंग राखिएको छ। प्रदेश-१ को प्रदेशसभामा ९३ जना सभासद रहेका छन्। जसमध्ये नेकपाबाट ६७ जना निर्वाचित भएका छन्। नौ महिनाअघि लिंग परिवर्तन भएको वेबसाइटमा देखिएका सबै सांसद सतारुढ नेकपाका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.