|

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा पहिलो पटक हरियालीले ग्रुपले शुरु गरेको सयपत्री  फूलको व्यावसायिक खेती सफल भएको छ।

जिल्लाको बेनी नगरपालिका वडा नं ४ सिंगा र आगेबगरमा रु ६ करोडको लगानीमा शुरु भएको हरियाली गु्रपले संचालन गरेको नयाँ मोडलको आधुनिक कृषि फार्ममा यतिबेला ढकमक्क फूलेका सयपत्री फूलले वातावरण नै सुन्दर बनाइदिएको छ।

६ करोड रुपैयाँको लागतमा हरियाली गु्रपले शुरु गरेको नयाँ मोडलको आधुनिक कृषि फार्ममा तरकारी खेती,माछा पालनका साथै मौरी पालन,फूल र डाइगन फुडको व्यावसायिक खेती शुरु गरेको हरियाली गु्रप संचालक समितिका सदस्य तथा २ नम्वर फिल्डका इन्चार्ज केदार पौडेलले जानकारी दिए।

नजिकिदै गरेको तिहारलाई लक्षित गरेर पहिलो पटक ६ रोपनी जग्गामा ३ हजार ५ सयओटा सयपत्री फूलका विरुवा लगाइएको र ती फूलका बोटहरुमा अहिले ढकमक्क पूmल फुलेका इन्चार्ज पौडेलले जानकारी दिए। फूल लगाएको ठाउँको माथिल्लो पट्टि शेरना जातका १ सय घार मौरी रहेका छन्।

यहाँको फूलको माग सदरमुकाम बेनी लगाएत म्याग्दीका विभिन्न क्षेत्रमा नै खपत हुने गरेको पौडेलले बताए। त्यसैगरी म्याग्दीमा कतै नगरिएको डाइगन फुडका १ सय विरुवा पनि लगाइको तरकारी फिल्डका इन्चार्ज बुद्धि सुनारले जानकारी दिए।

कृषिको आधुनिकिकरण, ब्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो फार्मलाई ‘हरियाली ग्रुप’ र अवधारणलाई ‘हरियाली मोडल’ नाम दिइएको छ। यो म्याग्दी जिल्लामा हालसम्मकै ठूलो कृषि परियोजना हो।

‘विश्वमा सफल मानिएका दक्षिण अफ्रिकाको सामुहिक खेती ‘टिम्बाली’ र भारतका दूध उत्पादक कृषकहरुको ‘आमुल’मोडललाई पछ्याउँदै सोही मोडललाई समावेश गरी फार्म संचालन गरिएको फार्मका संचालक एवम् फिल्ड इन्चार्ज पौडेलले बताए। पौडेलका अनुसार यो फार्म म्याग्दीका लागि पाइलट प्रोजेक्ट हो।

 ‘कृषिमा देखिएको लगानी, बजार र श्रमिक अभावको समस्या हट्ने, उत्पादन बढ्ने र आयात घटाउन देशका अन्य ठाउँमा पनि यो मोडल विस्तार गर्न लागिएको छ ’ पौडेलले भने‘यसबाट स्थानीयलाई रोजगारी तथा फूल,तरकारी र मासुमा जिल्लालाई आत्मनिर्भर बनाइ बाहिरी जिल्लामा निर्यात गर्ने उद्धेश्य रहेको छ।’

३६ जना कृषकहरुको १६० रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर चक्लाबन्दी गरिएको छ। कृषकहरुलाई अधिकतम उत्पादन हुँदा प्राप्त हुने बराबरको भाडा ६ ÷६ महिनामा अग्रिम भुक्तानी दिने गरिएको कम्पनीका प्रबन्ध निर्देशक शेरबहादुर केसील बताए।

फार्ममा तरकारी खेती,डाइगन फुड (सिउडी फल) माछा पालन,मौरी पालन,फूल खेती गरिएको छ भने निकट भविष्यमा नै बोयर जातका बाख्रा र वनजन्य पंक्षि कालीज पालन गर्ने तयारी गरेको कम्पनीका कम्पनिका प्रवन्ध निर्देशक केसीले जानकारी दिए।

कम्पनीले सञ्चालन गरेको कृषि फार्ममा कार्यरत ३२ जना कर्मचारी तथा मजदुर मध्य अधिकांश जग्गाधनी छन्। जग्गाको भाडा संगै रोजगारी पाउनुका साथै खडेरी, मल–बिउ, कृषि मजदुर, लगानी अभावको समस्याबाट कृषकले मुक्ति पाएको जग्गाधनी भगवान खड्काले बताए।

 ‘बजार नजिक, सडक सुबिधा, अनुकुल हावापानी र ठूलो फाँट भएपनि खण्डीकृत जमिन, थोरै परिणाममा हुने उत्पादन र उचित मूल्य नपाउने, सिचाईको अभावले कृषि जिविकोपार्जनमा सिमित थियो,’ खड्काले भने ‘समुहकृत खेती सुरुवात भएपछि अवस्था फेरिएको छ।’

म्याग्दी खोलाबाट विद्युतीय उपकरणको प्रयोग गरि लिफ्ट प्रबिधिबाट पानी तानेर सिचाइको व्यवस्था मिलाइएको छ। बाह्ै महिना नियमित खेती गर्न सकिने भएको छ। सात वटा पोखरीमा २७ हजार रघु, नैनि, ग्रास र कमन कार्प जातका माछा पालिएको छ।

मासु र अण्डाका लागि छुट्टाछुट्टै ठाउँमा २२ हजार ब्रोइलर र लेयर्स जातका कुखुरा पालिएको पौडेलले बताए। १०० घारमा माहुरी पालिएको र १०० रोपनी खुल्ला जमिन र सामान्य टनेलका अतिरिक्त आधुनिक हाइटेक प्रबिधिको पलास्टिक घर भित्र तरकारी लगाइएको छ।

चालीस लाख रुपैयाँ बराबरको मासु, तरकारी, माछा, मह र माहुरी बिक्री भइसकेको पौडेलले जानकारी दिए। कम्पनीमा आवद्ध बाहेक अन्य साना कृषकहरुले पनि कम्पनीको मापदण्ड र गुणस्तर अनुसारको उत्पादन गरेमा बजार व्यवस्थापनमा सघाउने जनाएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.