|

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क-१ हललाइन गुन्टेखोलामा रहेको महालक्ष्मी सुनचादी पसलबाट सुन चोरीको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

सन्धिखर्क-१ हललाइन गुन्टेखोलानजिकै महालक्ष्मी सुनचादी  पसलमा शनिबार राति साढे ११ बजे चोरीको आरोपमा भारत मुस्ताफुर पश्चिम बंगालका भारतीय नागरिक श्रीमन्त मण्डललाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ परेका मण्डलको  साथबाट ६ तोलाभन्दा बढी सुन  बरामद गरिएको छ। सुनको बजार मूल्य ४ लाख ६४ हजार ८ सय १४ रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ।   चोरी भएको ४ घण्टामै चोरीका आरोपीलाई नियन्त्रणमा लिएको हो।

मण्डल १२ वर्षदेखि कालीगडको रूपमा गहनाको काम गर्दै सन्धिखर्क नगरपालिका-१ मा डेरा गरी बस्दै आएका थिए। मण्डलले हललाइन गुन्टेखोला नजिक ताराबहादुर सुनारले सञ्चालन गरेको ‘महालक्ष्मी सुनचादी पसलमा शनिबार रातको समयमा पसलमा पसी काठको बाकस फोरेर सुन चोरी गरेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। मण्डलले पसलमा जडान गरिएको सिसिटिभी क्यामराको तार चुडाल्ने कोसिस गरेर प्रमाणहरू नष्ट गर्ने प्रयास गरे पनि असफल भएको प्रहरीले जनाएको छ।

मण्डलले भाइसँग भारतबाट आउँदा लिएको सुन तिर्नको लागि चोरी गरेको  प्रहरीलाई बयान दिएको प्रहरी प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ। पक्राउ  परेका मण्डललाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद २० दफा २ सय ४३ अनुसार चोरीअन्तर्गत निजउपर ३ वर्षदेखि ५ वर्षसम्म कैद ३० देखि ५० हजारसम्म जरिवान हुन सक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.