|

मुगु : आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भोगिरहेका हुम्लाका पत्रकार अर्जुन बोहरालाई मुगुबाट ५० हजार सहयोग गरिएको छ।

पत्रकार महासंघ मुगु शाखाले महासंघ हुम्लाका अध्यक्ष बोहराको उपचारका लागि ५० हजार संकलन गरी प्रदान गरेको हो।

कार्यसमिति सदस्य र मनकारीहरुको सहयोगमा संकलन गरी बोहोराका दाजु विष्णुको खाता ४१९०००४९२७१०मा आइतवार ५० हजार ६ सय ६५ रुपैयाँ प्रदान गरिएको प्रत्रकार माहांसघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्ले जानाकारी दिए।

बोहोराको उपचारका लागि सहयोग गर्न चाहने मुगुबासीमा नेपाल प्रत्रकार संघ मुगु शाखाले अपिलसमेत गरेको छ। पत्रकार बोहरा मस्तिष्कघातका कारण गम्भीर बिरामी भई काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.