|

कञ्चनपुर ः गरिमा धानमा बाला नलागेपछि कञ्चनपुरको जनप्रतिनिधि सहितको टोलीले सोमबार सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनीता चौधरीलाई भेटेर समस्याबारे अवगत गराएका छन्। 

किसानको नेतृत्व गर्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खडका सहतिको टोलीले गरिमा धान र सिन्दुरे धानमा बाला नलागे पछि किसान निकै मार्कामा परेको मुख्य मन्त्री र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीलाई कार्यकक्ष मै भेटेर जानकारी गराएका हुन्। समस्या बारे अवगत गराउँदै प्रदेश सभा सदस्य खडकाले गरिमा र सिन्दुरे धानमा बाला नलागेपछि किसान भोक भोकै मर्ने अवस्था आएको बताए।

'किसानले लगाएको धानमा एका तर्फ हात्तीले क्षति पुर्‍याएको छ' उनले भने, ‘उन्नत भनेर लगाएको गरिमा धानमा बाला नलाग्दा किसानले लागत खर्च समेत उठाउन पाएका छैनन्।’ उनले तत्काल किसानलाई क्षतिपूर्ति सहित राहत र अनुदानका कार्यक्रम सञ्चालन गरिदिन माग गरे।

प्रत्युत्तरमा सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले गरिमा र सिन्दुरे धानको बीउ बिक्री गर्ने बिक्रेताविरुद्ध उजुरी दिए कारवाही प्रक्रिया अगाडि बढाइने बताए। गरिमा धानबारे गुनासो पाइसकेको छु मुख्य मन्त्री भट्टले भने, ‘प्रदेशस्तर बाट समेत प्रमुख जिल्ला अधिकारीमार्फत नक्कली बीउ बिक्री गर्नेमाथि कारवाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ।’

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनीता चौधरीले कृषि ज्ञान केन्द्रमार्फत गाउँगाउँमा गरिमा धान लगाएका किसानको विवरण संकलनको कार्य गरिएको बताइन्। 'केन्द्र सरकारलाई यस बारे जानकारी गराई सकेका छौं' उनले भनिन्, ‘पहिलो चरणमा नेपाल सरकारको ऐन कानुन अनुसार नक्कली बीउ बेचेर किसानलाई ठग्ने बिक्रेता कम्पनीलाई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाई किसानलाई क्षतिपूर्ति दिलाउनका लागि पहल भइरहेको छ।’

‘यसबाट समेत समस्या समाधान नभए किसानलाई मार्का पर्न दिदैंनौं। किसानलाई प्रदेश सरकारका तर्फ बाट अनुदान र क्षतिपूर्ति उपलव्ध गराउछौं’ उनले भनिन्।यसैबीच, सुदूरपश्चिम प्रदेश सभा सदस्य लालबहादुर खडकाले सोमबार गरिमा र सिन्दुरे धान लगाएका किसानको खेतमा पुगेर किसानका गुनासा समेत सुनेका छन्।

किसानले प्रदेश सभा सदस्यलाई धानमा बाला नलागेपछि निकै समस्या परेको गुनासो गरे। स्थानीय किसान दान सिंह दहितले क्षतिपूर्तिको लागि पहल गर्दिन प्रदेश सभा सदस्य खडकासँग माग गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.