विप्लवका जिल्ला इन्चार्जको गैरन्यायिक हत्या !

|
कुमार पौडेल

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले प्रहरीसँगको भिडन्तमा मारिएको भनिएका नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर ज्यान लिएको ठहर गरेको छ।

आयोगका प्रवक्ता एवं सचिव बेद भट्टराईले अनुसन्धानबाट पौडेलको मृत्यु प्रहरीसँगको भिडन्तमा नभएर एकपक्षीय बल प्रयोगबाट भएको पाइएको बताएका हुन्।

आयोगले उक्त घटनाबारे लामो अनुसन्धान गरेको थियो। लामो अनुसन्धानपछि प्रतिवेदन तयार पारेको आयोगले पौडेलको प्रहरीबाट गैरन्यायिक हत्या भएको ठहर गरेको हो। आयोगको सोमबार बसेको बैठकले उक्त ठहर गरेको जनाउँदै भट्टराईले प्रहरी र अनुसन्धान अधिकारीविरुद्ध मुद्दा चलाउन निर्देशन दिने निर्णय गरेको जानकारी दिएका छन्।

पौडेल मृत्यु प्रहरीसँगको भिडन्तमा सर्लाहीको लालबन्दीमा मृत्यु भएको दाबी सरकाले गरेको थियो। गृहमन्त्री रामबहादुर थापा बादलले पनि पौडेलको भिडन्तमै ज्यान गएको र उनको साथबाट हतियार पनि बरामद भएको जिकिर गरेका थिए।

पौडेलको असार ५ गते दिउँसो सर्लाहीको लालबन्दीमा प्रहरीले हानेको गोली लागेर मृत्यु भएको हो। उनलाई गोली हानिनुअघि प्रहरीले चरम शारीरिक यातना दिएको कुरा यसअघि नै सार्वजनिक भइसकेको थियो।  

उनको मृत्युको विषयलाई लिएर संसदमा पनि सरकारको नेतृत्व गरिरहेको दलका नेताहरूले नै आवाज उठाएका थिए। यही प्रकरणमा कांग्रेसले पनि संघीय संसदमा लामो समय अवरोध गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.