काठमाडौं : हिमाली क्षेत्रमा पाइने वनस्पतिका केही प्रजाति बर्सेनि माथिल्लो भूभागतर्फ उक्लिरहेको अध्ययनले देखाएको छ।
चिसोले वनस्पति नै नहुने क्षेत्रमा पनि क्रमिक रूपमा यसरी उक्लिनेमा भोजपत्र र गोब्रेसल्लालगायतका वनस्पपति छन्। विश्वमा हालसम्म भएका १ सय २६६ वटा अध्ययनले पनि वृक्षरेखा माथि सर्दै गएका वनस्पतिको प्रतिशत ५२ देखाएको छ भन्ने खबर कान्तिपुर दैनिकमा छ।
४७ प्रतिशतको वृक्षरेखा फेरबदल भएको छैन, कतिपय वनस्पतिको वृक्षरेखा उस्तै छ। हिमाली क्षेत्रका केही वनस्पतिको हरेक वर्ष २।६ मिटरका दरले वृक्षरेखा माथि सर्दै गएको अनुसन्धानको निष्कर्ष छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।