|

पर्वत : पर्वतको सदरमुकाम समेत रहेको कुस्मा नगरपालिका–४ जिरो किलोमिटरबाट जुवा खेल्दै गरेको अवस्थामा पाँचजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी, प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार स्थानीय चालिसे होटेलबाट दुई महिला र तीनजना पुरुष पक्राउ परेका छन्। उनीहरुको साथबाट १६ हजार ३५२ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा कुस्मा नगरपालिका–४ की ३४ वर्षीया सन्तु क्षेत्री, ५० वर्षीया लीला पुन, ४७ वर्षीय होम पुन, ४० वर्षीय हरि क्षेत्री र २८ वर्षीय सुनिल गिरी रहेका छन्। पक्राउ परेका व्यक्तिहरूलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय पर्वतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तिहारमा लुकिछिपी जुवा खेल्नेहरू धेरै हुने भएकाले प्रहरीको निगरानी तीव्र पारिएको पर्वतका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.