|

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट नेता गुणराज लोहनीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ। 

एकसाताअघि नेकपा केन्द्रीय सदस्यबाट निकालिएका उनलाई सादा पोशाकको प्रहरीले पक्राउ गरेको हो। विप्लवनिकट पत्रिका रातोखबरबाट पनि निकालिएका उनलाई चितवन प्रहरीको हिरासतमा राखिएको छ। 

उनी तत्कालीन नेकपा (माओवादी) को शिक्षक संगठनको अध्यक्ष थिए। माओवादी विभाजन भएपछि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा रहेर विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका थिए। विप्लवले उनलाई बिरामी रहेकाले केन्द्रीय सदस्यबाट हटाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.