|

हटौंडा : प्रदेश ३ का प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाले देशको मुल कानुनका रुपमा रहेको संविधान र संघीय सरकारले निर्माण गरेका ऐनसँग बाझिने गरी कानुन निर्माण नगरेको दाबी गरेका छन्।

मंगलबार नेपाल पत्रकार महासंघ, मकवानपुरले हेटौँडामा आयोजना गरेको संसदीय पत्रकारितासम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटनमा सभामुख श्रेष्ठले प्रदेशसभाले हालसम्म ४५ ऐन निर्माण गरिसकेको जानकारी दिए। सञ्चारमाध्यमलाई लक्षित गर्दै उनले सञ्चारमाध्यमले सकारात्मक विषयवस्तुलाई भन्दा पनि नकारात्मक विषयवस्तुलाई प्राथमिकता दिने गरेकाले त्यसो नगर्न अनुरोध गरे। 

सभामुख श्रेष्ठले नेपाल दक्षिण एसियामै छिटो–छिटो आर्थिक विकास गर्ने राष्ट्रका रूपमा अगाडि बढ्दै गएको प्रसङ्ग सञ्चारमाध्यमको विषयवस्तु नबन्नु दुःखद् भएको बताए। देशले भूकम्प र नाकाबन्दीका बीच पनि अर्थतन्त्रलाई मजबुत बनाएर विकासोन्मुख राष्ट्रबाट विकसित राष्ट्र निर्माणको दिशा लिइसकेको उल्लेख गर्दै सभामुख श्रेष्ठले नेपालको यो स्थितिको चर्चा विदेशी सञ्चरमाध्यमले गर्न थालेको उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.