सरकारले मौलिक संस्कृति बिर्सेको गुनासो

|

जुम्ला : जुम्ला जिल्ला खस भाषाको  जननी थलो हो । सिंजा इतिहासदेखि वर्तमानसम्म नेपाली भाषा, सभ्यता र संस्कृतिको जननी थलोका रुपमा यो ठाउँ परिचित छ। 

त्यसका साथै सिंजा बौद्ध धर्मको संवर्द्धक र सम्भारक थलो रहेको  इतिहासले देखाएको छ। यस क्षेत्र देउडा संस्कृतिको भूमि पनि हो। सिंजा सभ्यताका जानकार तुङ्गनाथ उपाध्यायका अनसार  मध्यकालमा सिंजा साम्राज्यको शीतकालीन राजधानी  दैलेखको दुल्लु र ग्रीष्मकालीन राजधानी जुम्लाको सिंजामा थियो । 

जहाँबाट यहाँको राजनीतिक शासन व्यवस्था व्यस्थित रूपमा चलेको थियो। 'जुम्ला चन्दननाथको अखण्ड धुनी कथंकदाचित निभिहाल्यो भने दुल्लुको शिरस्थानबाट अग्नि लगेर धुनी जगाइन्थ्यो', उनले भने, 'सिंजा क्षेत्रको आफ्नै, सांस्कृतिक भेषभुषा रीतिवाज छ। याउल्या गीतले सिंजा साम्राज्यको वैभव र विरासतको ऐना देखाउँछ। यसले हाम्रो राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक धरातलको चित्रण पनि गरेको छ।'

खससभ्यता  राजनीतिक, सामाजिक र सांस्कृतिक रूपमा आफूलाई विगतदेखि वर्तमानसम्म तिरस्कार र बहिस्कारको चपेटामा राखेको महसुस गर्नुपरेको उनी बताउँछन्।

महोत्सव गरिँदै

यहाँको कनकासुन्दरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको  पहिचान गर्न तीन दिने पर्यटन तथा सांस्कृतिक  महोत्सव गर्ने भएको छ। प्रचार प्रसारको अभावमा सिंजा खस सभ्यता ओझेलमा परेको भन्दै महोत्सव गर्न लागिएको अध्यक्ष नरवीर रावतले बताए । 'सिंजाको मौलिक संस्कृति, परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्धेश्यसहित कात्तिक ८ देखि १० गतेसम्म महोत्सवको गर्न लागेका छौँ', उनले भने। 

धाार्मिक तथा सांस्कृतिक स्थल

महोत्सवमा सिंजाका ऐतिहासिक कुरा झल्काउने कानका सुन्दरी मन्दिर, पण्डपगुफ,  विराट दरबार, लामाथाडा, लासिपाटन, धोबीघाट, सिउबाघ, गौरीनौधारा  लगायत दर्जनौं  धार्मिक तथा प्रर्यटकीयस्थल रहेका छन्। 

त्यस्तै  प्ररम्परागत खाना, सिंगारा नाच, धाउसिला नाच, चम्फा नाच, बालोनाच,ढालनाच, मगंल झोडा, पञ्चेबाजा, बालोनचाउने लगायतका प्ररम्परागत्त सांस्कृतिक झाँकी प्रर्दशन गरिने छ। चौथो गाउँसभाको निर्णयानुसार कनकासन्दरीस्थित पर्यटकीय क्षेत्रको प्रचारका लागि महोत्सव गर्न लागिएको हो। 

सिंजाको मौलिक पहिरन

गाउँपालिका उपाध्यक्ष उर्मिला खत्री (भण्डारी) का अनुसार सिंजा सभ्यता र यसको महत्वबारेमा अध्ययन गर्न चाहने व्यक्तिलाई महोत्सवले सहयोग गर्नेछ। महोत्सवमा सिंजाको मौलिक पहिरन, पुरुषको पहिरनमा दोचा, दोफर, (जुत्ता मोजा) उनीको सुरुवाल, उनीको बख्खु (दौरा सुरुवाल) उनीको पाखा कोट, भाँउरोको गादो, ढाँका टोपी लगायत पहिरन लगाउने छन्। 

महिलाहरुले पनि आफ्नै मौलिक पहिरनमा ठेटुवाको गावन, टुन्डेलाको फरिया, लहरे डौठो, फर्का बादको डौठो, कालो काम्लो, कुकुर छाप डौठो, ठेटुवाको घाग्रो, झम्के बुलाखी, फुली, कल्ली, बाला, ज्याले, एक्गेडे माला, ठिमुराको माला, पातेमुन्‍ना, चाँडीको डरको माला, छिपो लगायत पहिरन ल्याउने छन्। 

जसका कारण कर्णालीबासीकवो मौलिकता झल्किने विश्वास गरिएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत दामोदर प्रसाद आचार्यका अनुसार स्थानीय संस्कृतिको संरक्षण तथा प्रवद्धन गर्ने उद्धेश्य रहेको बताए । 

उनले हराउँदै गएको भेषभुषाको पहिचान गर्दे कनकासुन्दरीमा रहेको ऐतिहासिक स्थलको प्रचार गरिने छ । महोत्सव गर्न गाउँपालिकाले २० लाख र सम्बन्धित ५ नम्बर वडाले ३ लाख रुपैयाँ खर्च गर्ने आचार्यले बताए। आयोजक कनकासुन्दरी गाउँपालिका जुम्ला, सहआयोजक कर्णाली कलाकार जुम्ला र नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.