|

टोटनह्रयाम हर्स्टस्पर तथा दक्षिण कोरियाली खेलाडी सन हेङ्ग–मिङ १२ वर्षपछि बालोन डी’ ओरको मनोनयमा पर्ने एसियाली खेलाडी बनेका छन्।

सन् २००७ मा इराकका युनिस मोहम्मदपछि एसियाबाट कुनै पनि खेलाडीले बालोन डी’ ओरको मनोनयनमा स्थान बनाउन सकेका थिएनन्। फ्रान्स फुटबल म्याग्जिनले वितरण गर्ने बालोन डी’ ओरको ३० खेलाडीभित्र मनोनयनमा परेसँगै एसियाबाट चौथोपटक प्रतिनिधित्वसमेत भएको छ।

यसअघि सन् १९९८ र ९९ मा जापानका हिडेतोषी नाकाटाले फुटबलको सबैभन्दा प्रतिष्ठित पुरस्कारका लागि मनोनयमा परेका थिए। त्यसपछि सन् २००५ मा पूर्व म्यानेचस्टर युनाइटेड स्टार तथा दक्षिण कोरियाकै पार्क जी सुङ र २००७ मा मोहम्मदले स्थान बनाएका थिए।

एसियाबाट मोहम्मद मात्र एकजना यस्ता खेलाडी हुन् जो पुरस्कारको अन्तिम र्‍याकिङमा समेत देखा परे। कुल २ अंक प्राप्त गर्दै उनी २९औँ स्थानमा रहेका थिए। मोहम्मदभन्दा पछाडि तत्कालीन समयमा स्टार मानिएका सामुएल इटो, रायन गिग्स, कार्लोस टेभेज, रोविन भान पर्सी, दिमित्र वेरवाटोभ रहेका थिए।

मिङ मौरियस पोचेटिनाको टोलीका महत्वपूर्ण खेलाडीसमेत हुन्। जो युइएफए फाइनलमा लिभरपुलसँग पराजित बन्दा मुख्य खेलाडीको रूपमा मैदानमा थिए। लिभरपुलविरुद्ध ९० मिनेट नै उनले मैदानमा बिताएका थिए। २०१९/२० को सिजनमा हालसम्म सबैगरी १० खेलमा सहभागी भएका मिङले टोटनह्रयामको लागि ३ गोलका साथै १० असिस्टसमेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.