|

रौतहट : इँट्टा भट्टामा जिउँदै मान्छे पोलेको अभियोगमा  पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलमले प्रहरी अनुसन्धानका क्रममा पोलिग्राफ टेस्ट गर्न नमानेको रौतहट प्रहरीले जानकारी दिएको छ।

घटनाको अनुसन्धानका क्रममा आलमले झूठ बोले/नबोलेको पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय रौतहटले पोलिग्राफ टेस्ट गर्ने तयारी गरेको थियो। आलमले नमानेको प्रहरीको भनाइ छ। अनुसन्धानका क्रममा आवश्यक्ताअनुसार आलमको पोलिग्राफ टेस्ट गर्न खोजेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीन कार्कीले बताए। 

सोधपुछ तथा अनुसन्धानका क्रममा आरोपित व्यक्तिले झुठ बोले/नबोलेको पता लगाउन पोलिग्राफमार्फत शारीरिक प्रतिक्रिया परीक्षण गर्ने गरिन्छ। 

आलमले पोलिग्राफ टेष्ट गर्न नमानेको व्यहोरा उल्लेख गरी सरकारी वकिलको कार्यालयमा कागजात पेश गरिने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.